निवृत्त शिक्षक समुदायको सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८१
Cancer help

पोखरा । निवृत्त शिक्षक समुदाय अन्नपूर्ण गाउँपालिकाको सक्रियतामा मेश्रम वराह मावि घान्द्रुकका पूर्व प्रअ रामेश्वर सुवेदीलाई उपचारका लागि नगद सहयोग जुटाएको छ ।

समुदायका आजीवन सुवेदी बोनम्यारोको समस्याले विगत ६ महिनादेखि राजीब गान्धी क्यान्सर अस्पातल नयाँदिल्लीमा उपचाररत छन् ।

संस्थाका सदस्यहरुबाट संकलित १ लाख ९ हजार ३ सय रुपैयाँ अन्नपूर्ण गाउँपालिका शिक्षा शाखा प्रमुख बलराम भुगाईं तथा समुदायका अन्नपूर्ण संयोजक रामचन्द्र सुवेदीमार्फत् हस्तान्तरण गरिएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग