मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री

आदर्श समाज सम्वाददाता
वैशाख २५, २०८१
minister

पोखरा । विवादका बीच विश्वासको मत प्राप्त गरेको भोलिपल्ट मुख्यमन्त्री खगराज अधिकारीले गण्डकीमा मन्त्री मण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री अधिकारीले एमालेका सीताकुमारी सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र वेदबहादुर गुरुङलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरेका हुन् । दुवै जनाले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाए ।

सोमबार नियुक्त दुवै मन्त्री अघिल्लो मन्त्रिपरिषद्का सदस्य हुन् । अधिकारी अघिल्लो कार्यकालमा मुख्यमन्त्री हुँदा सुन्दास अर्थ मन्त्री थिइन् भने गुरुङ कृषि मन्त्री थिए । पात्र एउटै भए पनि मन्त्रालय भने फेरिएको छ । दुवै अधिकारीका विश्वासपात्र हुन् । गुरुङ कास्की क्षेत्र १ (२) बाट निर्वाचित भएका हुन् भने सुन्दास स्याङ्जा १ (१) बाट । पुरानै पात्र दोहो¥याएर अवसर दिएपछि पृथ्वीसुब्बा गुरुङ समूहका सांसदहरु रुष्ट छन् ।

‘विश्वासको मत लिनुअघि मिलाएर लैजान्छु भन्नुभएको थियो । बैठकहरुमा टिमलाई जोड्ने कुरा गर्नुभएको हो,’ एक सांसदले भने, ‘अहिले पुरानै पारा देखाउनुभयो । फरक समूहलाई देख्नै सक्नुभएन ।’ आफ्नै गुटको मन्त्री बनाए पनि पात्र फेर्नुपर्ने उनको सुझाव छ । माओवादी २ मन्त्रालयमा मान्यो भने थप १ मन्त्री अझै एमालेले पाउनेछ । तर माओवादीको दाबी ३ मन्त्रालयमा छ ।

मुख्यमन्त्री खगराज अधिकारीले माओवादीले पनि केही समयमै मन्त्रीको नाम पठाउने बताए । उनले तत्कालका लागि काम गर्न मन्त्रालय पूर्ण भएको प्रतिक्रिया दिएका छन् । ‘अहिलेलाई पूर्णता पायो । ७ वटा मन्त्रालय हो, ५ मन्त्री भैसके । २ वटा मैले लिनैप¥यो,’ उनले भने, ‘माओवादी पनि तयार नै हुनुहुन्छ । अहिले यतिले नै काम गर्न सकिन्छ । सबै साथीहरु मुख्यमन्त्री हुन लायक छन् ।’

माओवादीले दिन सकेन नाम
मुख्यमन्त्री अधिकारीले सोमबार नै क्याबिनेट पूर्ण गर्ने तयारी गरेका थिए । तर माओवादीले मन्त्रीहरुको नाम दिन नसक्दा पूर्णता पाएन । माओवादीले ३ मन्त्रीमा दाबी गरेको छ । अधिकारीले ३ मन्त्रालय दिन नसक्ने बताएका छन् । ‘तीन वटा मन्त्रालय माओवादीलाई दिन सकिन्नँ,’ उनलाई उद्घृत गर्दै एमाले स्रोतले भन्यो, ‘एक जना मन्त्रीको नाम माग्नुभएको हो । तर माओवादीले दिन सकेन ।’ माओवादीबाट यसअघि नै दलका नेता चुमान अर्थमन्त्री बनिसकेका छन् ।
चुमानले आन्तरिक विषय मिलाउनुपर्ने भएकोले मन्त्री सिफारिस नगरिएको बताए । ‘तत्काल काम गर्न अप्ठेरो छैन । गण्डकीमा लिडिङ पार्टी एमाले र माओवादी नै हो । मिलाएर जानुपर्छ,’ उनले भने, ‘हामी सल्लाह गरिरहेका छौं । हामीले यति उति भनेर मागेका पनि छैनौं । मन्त्रिपरिषद् बिस्तारको लागि केही समय लाग्ला ।’ उनले मन्त्रालयमा माओवादीको छुट्टै दाबी नरहेको बताए । तर प्रमुख सचेतक कुसुम बुढाले ३ मन्त्रालय आफूहरुले पाउनुपर्ने माग गरिएको बताइन् ।
यसअघि, मन्त्री बनिसकेका सुशीला सिंखडा र रेशमबहादुर जुग्जालीलाई छोडेर मन्त्री बनाउने सल्लाह दलभित्र भएको छ । प्रमुख सचेतक कुसुमसँगै म्याग्दीका हरि भण्डारी बन्ने चर्चा थियो । मन्त्रालयको संख्या कम र आकांक्षी बढी भएपछि माओवादी अलमलिएको हो । गण्डकीमा सभामुख बाहेक माओवादीका ७ सांसद छन् ।

देवकोटाले स्वीकारेनन् मन्त्री
माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका नेता फडिन्द्र देवकोटाले मन्त्री पद अस्विकार गरेका छन् । माओवादीका नेता हरिबहादुर चुमानले मन्त्री बन्न गरेको प्रस्ताव उनले अस्वीकार गरेका हुन् । ‘मन्त्री बन्नुस् भन्नुभएको थियो । मैले अहिले जान्नँ भनें,’ देवकोटा भन्छन्, ‘यदि मन्त्री बनें भने नेपाल समाजवादी पार्टीबाट बन्छु । माओवादीको कोटाबाट बन्दिनँ ।’ उनले नेसपाको काठमाडौंमा हुने बैठकपछि निर्णय लिने बताए । ‘बैठक २८ र २९ गते छ । पार्टीको निर्णय अनुसार अघि बढ्छु,’ अघि भने, ‘क्लियर कुरा छ । पार्टीको बैठक पछि मात्रै जान्छु भनेको हो ।’

२ नयाँ मन्त्री थपिएसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय बनेको छ । माओवादी संसदीय दलका नेता चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्रीको सपथकै दिन बिनाविभागीय मन्त्रीको सपथ लिएका थिए । पछि चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ । अधिकारी चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले आइतबार संसद्बाट विश्वासको मत लिएका छन् ।

कांग्रेसले आज रिट दर्ता गर्ने
गण्डकी प्रदेशका सभामुखको कदमविरुद्ध नेपाली कांग्रेसले सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेको छ । ६० सदस्यीय प्रदेश सभामा सभामुखले संविधानलाई कुल्चिएर ३० सिटलाई नै बहुमत घोषणा गर्दै मुख्यमन्त्रीले विश्वासको मत पाएको सार्वजनिक गरेपछि कांग्रेसले विरोध गरेको छ । सोमबार नै रिट हाल्ने भनिए पनि कानुनी परामर्श भइरहेकाले मंगलबार मात्रै रिट दर्ता हुने दलका नेता सुरेन्द्रराज पाण्डेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width