प्रदेश प्रमुख भट्ट पुम्दीकोटमा

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८१
Pumdikot Shiva Murti a

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पोखराको पुम्दीकोटस्थित विशाल शिव मूर्ति गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको बताएका छन् । आइतबार पुम्दीकोटको अवलोकन भ्रमणका क्रममा प्रदेश प्रमुख भट्टले विशाल शिव मूर्ति आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दा पर्यटनलाई टेवा पुगेको बताए ।

उनले सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गरिसकेको सन्दर्भमा यस्ता पर्यटकीय गन्तव्य महत्वपूर्ण रहेको पनि बताए । ‘विशाल मूर्तिले यहाँ पर्यटकको बसाइ लम्ब्याउनुका साथै धार्मिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनाउन सहयोगी बनेकोमा खुसी लागेको छ । मन्दिरसँगै बनेका अन्य संरचनाहरुले पनि पुम्दीकोटलाई थप आकर्षक बनाएको छ,’ प्रदेश प्रमुख भट्टले भने ।

पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले छोटो समयमै पुम्दीकोटले धार्मिक पर्यटकीय गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको बताउँदै थप आकर्षकीय संरचना निर्माणको चरणमा रहेको बताए ।

पोखरा महानगरपालिका वडा नं. २२ स्थित पुम्दीकोटमा निर्माण भएको ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षण रहँदा नजिकै सुमेरु पर्वत नामाकरण गरी पार्वती र कुमारको पनि मूर्ति स्थापना गरिएको छ ।

शिवको बृहत् चिनारीसहित १०८ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, पार्किङस्थललगायतका संरचना अधिकांश निर्मण भइसकेका छन् ।

सरकारबाट प्राप्त २२ रोपनी क्षेत्रफलमा कूल २७ करोड लगानीमा निर्माण भएको संरचनामा ७ करोड सरकारी सहयोग र अन्य २० करोड महायज्ञ, संघसंस्था, व्यक्ति तथा भक्तजनबाट संकलन गरिएको अध्यक्ष बरालले बताए ।

निजी क्षेत्रबाट साहसिक खेलहरुसहित सुविधासम्पन्न ड्रिम सिटी पुम्दी पनि सञ्चालनमा आएको छ । जहाँ ३५ जनाले रोजगारी पाएको सञ्चालक राजु बराल बताउँछन् ।
परिकल्पनाकार तथा अध्यक्ष बराल लगायत पदाधिकारीले प्रदेश प्रमुखसहित टोलीलाई स्वागत गर्दै भूमेश्वर महादेव मन्दिर, कैलाश पर्वत, सुमेरु पर्वतलगायत निर्मित संरचनाका बारेमा जानकारी गराएका थिए ।

पोखराको मुख्य बजारबाट आधा घन्टाकै समयमा पुग्न सकिने करिब १५ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट माछापुच्छ«ेसहित अन्नपूर्ण हिमशृंखला, फेवाताल, पोखरा बजारक्षेत्र लगायतका मनोरम दृश्य देख्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width