सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
sarkar by prakash Khagraj Adhikari

पोखरा । विवादका बीच विश्वासको मत पाएका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् ।

उनको यसअघिको क्याबिनेटमा रहेका सीता सुन्दास र बेदबहादुर गुरुङलाई उनले मन्त्री बनाउन लागेका छन् । अहिले एमालेका २ जनालाई मन्त्री बनाउने निर्णय अधिकारीले गरे पनि मन्त्रालयका बारेमा केही भनिएको छैन ।

सुन्दास यसअघि आर्थिक मामिला र बेदबहादुर कृषि मन्त्री थिए । दुवैजना मुख्यमन्त्री अधिकारीका निकै नजिकका हुन् ।

आजै साढे ४ बजे प्रदेश प्रमुखले उनीहरुलाई पोखरा सभागृहमा शपथ खुवाउने तय भएको छ ।

आइतबार प्रदेश सभामा विश्वासका लागि ३० मत पाएका अधिकारीलाई  समामुख कृष्णप्रसाद धितालले बहुमत पाएको भनी घोषणा गरेका थिए । ६० सदस्यीय सभामा ३० ले बहुमत नपुग्ने भन्दै कांग्रेसले विरोध गरेको छ ।

अधिकारी चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनको नियुक्तिविरुद्ध कांग्रेसले दायर गरेको रिट सर्वाेच्चले खारेज गरिदिएपछि अधिकारी सरकारले विश्वासको मत लिएको हो ।

अधिकारीले माअाेवादीका हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्री बनाएर मन्त्रालयको जिम्मेवारी समेत दिइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width