एचआइभी संक्रमणले पढाइबाट वञ्चित

नवराज पहाडी
जेठ ५, २०८१
HIV As 2

लमजुङ । मध्यनेपाल ५, दुईपिप्लेको भैरवकाली मावि एलकेजीमा यसै वर्ष ५ वर्षीया बालिका श्रीदेवी (नाम परिवर्तन) भर्ना भइन् । तर स्कुल आउजाउ गरेको २ साता नबित्दै पढाइबाट वञ्चित भएकी छन् । त्यो कारण हो, एचआइभी संक्रमण ।
उनलाई गत ६ वैशाखमा विद्यालयले भर्ना लिएको थियो । तर एचआईभी संक्रमित भएको खुलासा भएपछि २२ वैशाखमा निस्कासन गरेको खुलेको छ ।

स्थानीय बाल विकास कक्षामा जाने श्रीदेवीलाई बाबुले भैरवकालीमा लगेर एलकेजीमा भर्ना गराएका थिए । उनका अनुसार भर्ना भएदेखि नै छोरी राम्रोसँग पढ्ने र विद्यालय जानेआउने गर्थिन् । ‘तर २ साता नबिन्दै एक्कासि एकदिन अन्य अभिभावकले बच्चालाई एचआइभी भा’छ भन्दै हल्ला गरेका छन् । हल्ला भएको भोलिपल्ट ४/५ विद्यार्थी गयलसमेत भए रे । विद्यार्थी कक्षामा फर्किनन् मानेनन् रे !’ ३१ वर्षीय बाबुले थपे, ‘त्यसपछि विद्यालयले बोलायो । तिम्रो छोरीका कारण विद्यार्थी शून्य हुने स्थिति भो, यसको क्षतिपूर्ति कस्ले व्यहोर्छ ? हाम्रोमा नपठाऊ भन्दै दबाब दिए । मैले छोरीलाई त्यो स्कुल पठाउन सकिनँ ।’

एचआइभी एड्सविरुद्ध काम गर्ने विभिन्न संघसंस्था र व्यक्तिलाई फोन गरी समस्या बताउँदा समेत खासै वास्ता नभएको उनको गुनासो छ । ‘हाम्रो गल्तीको सजाय निर्दोष छोरीले समेत पाउने भइन्,’ उनी गुनासो गर्दछ्, ‘दुईपिप्लेमा आफ्नै घर र कमोद गर्ने केही जग्गा भए तापनि बाहिर बस्न समस्या छ । छोरीको विद्यालय भर्नासँगै, ड्रेस, कापीकलम लगायतका सामग्रीमा पनि ऋण खोजेर खर्च गरें । अहिले विद्यालय नै छाड्नुपर्‍यो ।’

भैरवकाली मावि एलकेजीमा यसै वर्ष भर्ना भएकी ५ वर्षीया बालिका बाबुआमाका कारण संक्रमित भएको खुलेको हो

श्रीदेवीका बाबु र आमा दुवै संक्रमित हुन् । उनीहरूकै कारणले छोरी श्रीदेवीलाई पनि संक्रमण सरेको अनुमान छ । श्रीदेवीको ९ महिनाका भाइ पनि छन् । भाग्यवश उनलाई संक्रमणले छोइसकेको छैन ।

विद्यालय प्रअ हरिश्चन्द्र लम्सालका अनुसार ती बालिकालाई विद्यालयले निकालेको नभइ अभिभावकले आफ्नै हिसाबले अन्यत्र लगेको दाबी गरे ।

मध्यनेपाल नगरपालिकामा सम्पर्क गर्दा प्रमुख प्रशासकीय अधिकृत चण्डीका पौडेलले अप्रिय घटना सुन्नमा आएको बताए । ‘यो सामाजिक मनोभावसँग सम्बन्धित भएको हुँदा यसै भन्न सक्ने स्थिति बनिसकेको छैन,’ उनले भने, ‘म पनि भर्खरै हाजिर भएको हुँ । उहाँको परिवेशबारे सबै कुरा बुझ्न भ्याएको छैन । समस्या समाधानका लागि विद्यालय प्रशासन, जनप्रतिनिधि बसी छलफल गरेर अघि बढ्ने छौं ।’

मुलुकी अपराध संहिता, २०७४ मा एचआइभी सार्ने व्यक्तिलाई १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको कानुन व्यवसायी बताउँछन् । तर, एचआइभी संक्रमितमाथि विभेद गर्नेलाई के कस्तो कारबाही हुने भन्ने कानुनमा उल्लेख नभएको उनीहरूको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width