तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान

आदर्श समाज सम्वाददाता
जेठ ५, २०८१
Tamu Dhin Photo 2

पोखरा। तमु (गुरुङ) समुदायको सामाजिक संस्था तमु धिं नेपाल ४० औं वर्षमा प्रवेश गरेको छ । शनिबार गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री, मन्त्रीलाई स्वागत तथा सम्मान, सांस्कृतिक कार्यक्रम गरी तमु धिंले स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले तमुहरुको उद्गमथलो क्होलासोथरलाई अन्तर्राष्ट्रिय सम्पदामा सूचिकृत गर्ने बताए । तमु धिंको हरेक कार्यमा आफ्नो साथ सहयोग रहने उनले सुनाए । ‘म पदमा हुँ वा नहुँ मेरो पहिलो काम नेपालको महत्वपूर्ण जाति तमुको आदिमथलो क्होलासोथरलाई अन्तर्राष्ट्रिय सम्पदामा सूचिकृत गरेर विश्वसामु ‘मक्का मदिना’ जसरी इस्लाम धर्मको हुन्छ, त्यस्तै आदिवासी जनजातिको ‘मक्का मदिना’ बनाइछाड्ने संकल्प गर्न चाहान्छु,’ उनले भने, ‘म २०७४ मा प्रतिनिधि सभामा पुग्दा क्रपू डाँडासम्म पुग्नका लागि झण्डै लाख विनियोजन गरेको थिएँ ।’

सो अवसरमा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङलाई गणेशबहादुर गुरुङ स्मृति शैक्षिक सम्मान अर्पण गरिएको थियो । शैक्षिक क्षेत्रमा विशेष योेगदान पु¥याएका तमु धिं सल्लाहकार प्रमुख डा. गणेशबहादुर गुरुङको स्मृति कोषबाट गणेशमान गुरुङलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित भांग्रा, फेटा, खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो ।

उनलाई मुख्यमन्त्री अधिकारी, स्व. गणेशबहादुरको परिवार, तमु धिंका संस्थापक अध्यक्ष कर्म तमु, अध्यक्ष हुमबहादुर तमुले सम्मान अर्पण गरेका थिए । स्व. गणेशबहादुर गुरुङबारे तमु धिंका केन्द्रीय सदस्य तथा संस्कृतिक विभाग प्रमुख कृष्णकुमार गुरुङ र पुरस्कृत गुरुङका बारे तमु धिंका शिक्षा विभाग संयोजक श्रीजङ गुरुङले परिचय दिएका थिए ।

कार्यक्रममा गण्डकीका नवनिर्वाचित मुख्यमन्त्री अधिकारीसहित मन्त्रीहरु हरिबहादुर चुमान, वेदबहादुर गुरुङ ‘श्याम’, सीता सुन्दास र राजीव गुरुङलाई खादा, फेटा, भांग्रा र घलेकले सम्मान गरिएको थियो ।
अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ र सञ्चालन सचिव जुमकाजी गुरुङ गरेका थिए । स्थापना दिवसकै अवसरमा पोखरा ९ स्थित शान्ति वनवाटिकामा सरसफाइ गरिएको थियो भने तमु युवा संघले रक्तदान कार्यक्रम गरेको थियो । कार्यक्रममा ७९ युनिट संकलन भयो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width