कृषि सञ्जाल पोखरा ६ द्वारा कम्पोस्ट बिन र कुटो वितरण

आदर्श समाज सम्वाददाता
जेठ ५, २०८१
krishi sanjal 6 (1)

पोखरा । पोखरा महानगरपालिका वडा कृषि सञ्जाल पोखरा ६ ले घरेलु फोहोर व्यवस्थापन तथा कौसी खेती सहजीकरणका लागि कम्पोस्ट बिन र कुटो वितरण गरेको छ । वडास्तरीय बजेट र महनगरपालिकाको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा वडाका आमा समूह, टोल विकास संस्था र स्थानीय संघ संस्थाका करिब २ सय ५० जनालाई सो सामग्री वितरण गरिएको हो ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले घरबाट निस्कने कुहिने फोहरलाई कम्पोस्ट मलको रुपमा प्रयोग गर्न सके पोखराका घरबाट निस्कने फोहर केही हदसम्म कम हुने बताए ।

पोखरा महानगर कृषि शाखा प्रमुख मनोज कडरियाले घरबाट निस्कने कुहिने फोहोरलाई उचित व्यवस्थापनको लागि कम्पोस्ट मल उत्पादन नै प्रमुख आधार रहेको बताए । उनले कम्पोस्ट मल उत्पादन गरी कौसी र करेसाबारी खेतीमा प्रयोग गर्न सकेमात्र अर्गानिक तरकारी खान पाइने सुनाए ।

२०८०का कौसी खेती क्विन तथा अध्यक्ष भावना रानाभाटले माटोको उर्वरा पनि बढाउने र कम पानीले पनि सिँचाइ गरी उत्पादन बढने हुनाले हामी सबै कम्पोस्ट मल उत्पादन गर्नेतर्फ लाग्न आग्रह गरिन् ।

सहसचिव चन्द्रकला घिमिरे पहारीले बजारमा अर्गानिक उत्पादित वस्तुको माग धेरै भएको हुनाले आफ्नै कौसी र करेसाबारीमा अर्गानिक वस्तु उत्पादन गरी आयआर्जनको माध्यम बनाउन सुझाव दिइन् ।

अध्यक्ष भावना रानाभाटको सभाअध्यक्षतामा भएकोे कार्यक्रममा उपाध्यक्ष रामेश्वर न्यौपाने, पोखरा ६ का वडा सदस्य तथा कृषि सञ्जालका संयोजक बासु बराल, पोखरा ६ वडा सदस्य शोभा जलारी, कृषि सञ्जाल वडा नं. ७ अध्यक्ष पंकज पौडेल, नागरिक समाज कास्कीका पूर्व अध्यक्ष विष्णुहरि अधिकारी, अन्नपूर्ण आमा समूह बैदामका अध्यक्ष रेणु लामिछाने, सल्लाहकार गिरिराज अधिकारी र कौसी क्विन उपविजेता तथा कृषि सञ्जाल वडा नं ८ संयोजक कान्ति अधिकारीलगायत वक्ताहरूले घरबाट निस्कने फोहोर ब्यवस्थापन हुने र कम्पोस्ट मल पनि बन्ने हुनाले महŒव बुझाउन आयोजकसँग आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width