चितवन महानगरद्वारा अनुदानमा कृषि उपकरण वितरण

आदर्श समाज सम्वाददाता
असार २६, २०८१
gaidakot

चितवन। भरतपुर महानगरपालिकाले कृषि समूहलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । महानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट विभिन्न ६६ वटा कृषि समूह, कृषि फर्म तथा सहकारीलाई मंगलबार कृषि उपकरण वितरण गरेको हो ।

भरतपुरमा व्यावसायिक रुपमा कृषि गरिने क्षेत्र भरतपुरका वडा ६, ७, ८, ९ तथा १३ देखि २८ सम्मका कृषि समूह, फर्म तथा सहकारीलाई ६६ थान कृषि उपकरण वितरण गरिएको हो । महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कृषक समूहका प्रतिनिधिलाई कृषि उपकरणका चाबी हस्तान्तरण गरे । महानरपालिकाले ५० प्रतिशत अनुदानमा कुल २ करोडको कृषि उपकरण वितरण गरेकोे कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले बताए ।

महानगरले कृषकलाई ट्रयाक्टर ४ थान, हातेट्रयाक्टर ६ थान, धान तथा गहुँ काट्ने रिपर १२ थान, थ्रेसर ३ थान, रोटाभेटर २ थान, मकै छोडाउने कर्न सेलर १७ थान, तोरी मिल ३ थान हस्तान्तरण गरेको पौडेलको भनाइ छ । यस्तै, मकै रोप्ने मेज प्लान्टर ३ थान, घाँस टुक्राउने च्यापा कटर १२ थान, राइस मिल १ थान, मिल्क एनालाइजर ६ थान, चिलिङ भ्याट २ थान, माछाको दान बनाउने मिसिन १ थान, बलेरो पिकअप २ थान र तीनपाङ्ग्रे अटो २ थान हस्तान्तरण गरिएको पौडेलले बताए । कृषिमा यान्त्रिकीकरण गर्ने र उत्पादनमा लागत घटाएर उत्पादन वृद्धि गर्ने उद्देश्यले महानगरपालिकाको करिब १ करोड अनुदानमा कृषि सामग्री वितरण गरिएको उनको भनाइ छ ।

महानगर प्रमुख दाहालले भरतपुर महानगरले कृषि उत्पादनलाई जोड दिएकाले वर्षेनी कृषि सम्बन्धी यन्त्र उपकरण हस्तान्तरण गर्दै आएको बताइन् । महानगरपालिकाले यसअघि कृषिमा आधुनिकीकरणलाई जोड दिने भन्दै आए पनि अहिले भने कार्यान्वयन गरेर अघि बढ्न थालिएको प्रमुख दाहालले बताए । यन्त्र उपकरणको उच्चतम् प्रयोग गरी उत्पादनलाई वृद्धि गर्दै भरतपुरलाई कृषिमा आत्मनिर्भर बनाउने गरी नीति तथा कार्यक्रमहरु अघि बढाइएको उनले बताइन् ।

नारायणी लिफ्ट सिँचाइलाई बाह्रै महिना सञ्चालन गरी कृषि योग्य भूमिमा ३ बाली खेती गर्न मिल्ने व्यवस्था मिलाउन लागेको उनको भनाइ थियो ।

Related News

सम्बन्धित समाचार

  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • विदेश छोडेर कागती खेती

    रामकुमार श्रेष्ठ कार्तिक ७, २०८१
    नवलपुर । कावासोती नगरपालिका १७, गोछडाटार निवासी सागर लम्साल विदेशको जागिर छाडेर स्वदेशमै एक बिगाहा क्षेत्रफलमा कागती खेती गरेर रमाएका…
  • चालीस रोपनी जग्गामा सयपत्री फूलखेती

    रासस कार्तिक ६, २०८१
    दमौली । किसान सयपत्री फूलखेतीमा तनहुँका आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न…
  • पानीले धान भिज्यो, उत्पादन घट्ने

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०८१
    नवलपुर । नवलपुरका विभिन्न स्थानमा ३ दिनदेखि लगातार छोटोछोटो ठूलो झरी भइरहेको छ । काटेर राखेको धान लगातारको झरीले खेतमै…
  • बोटमा लटरम्म सुन्तला, रोग लागेपछि किसान चिन्तित

    रासस असाेज ३०, २०८१
    दमौली । देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाका बगैचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन्…

hero news full width

trending post

ट्रेन्डिङ्ग