जिभिपी युके लन्डनलाई भलिबल उपाधि

आदर्श समाज सम्वाददाता
जेठ ५, २०८१
Loktantrik volleyball

पोखरा । क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लन्डनले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्की आयोजनामा शनिबार नदीपुरमा आयोजित फाइनलमा जनकल्याण पोखरा–११ लाई ३–१ सेटमा पराजित गर्दै उपाधिसहित १ लाख २० हजार, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता जनकल्याण ८० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्रमा सीमित भएको छ ।

पहिलो सेट २५–२३ मा आफ्नो पक्षमा पारेको लन्डनले दोस्रो सेट २३–२५ मा गुमायो । तेस्रो र चौथो सेट क्रमशः २५–२० र २५–१९ मा जितेको हो ।

प्रतियोगितामा माछापुच्छे गाउँपालिका भलिबल संघ तृतीय भएको छ । शनिबार नै तेस्रो स्थानका लागि भएको खेलमा माछापुच्छे गुराँसे भूमेलाई ३–१ सेटमा पराजित गर्दै माछापुच्छे गाउँपालिका भलिबल संघ तेस्रो भएको हो । उसले २५–२३, २५–२०, २१–२५ र २५–१६ ले जितेको हो ।

माछापुच्छे गाउँपालिका भलिबल संघले ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । सान्त्वना माछापुच्छे गुराँसे भुमेले २० हजार रुपैयाँ प्राप्त ग¥यो ।

प्रतियोगितामा उदीयमान जनकल्याणका सन्तोष श्रेष्ठ भए । उत्कृष्ट ब्लकर जिभिपीका चिरण खड्का, सर्भर जनकल्याणका भूपेन गुरुङ, सेटर जिभिपीका देवेन्द्र परियार, लिब्रो जिभिपिका राजन दलार्मी मगर, स्पाइकर जनकल्याणका विष्णु श्रेष्ठ, उत्कृष्ट कोच जिभिपीका अशोक मल्ल र सर्वोत्कृट खेलाडी जिभिपिका उमेश सेन्चुरी चुनिए ।

गत २ जेठदेखि आयोजित प्रतियोगितामा ९ टिमले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width