फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८१
jalalumbhi

पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि दीर्घकालीन योजना भने स्थानीय सरकारले ल्याउन सकेको छैन । मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेको फेवाको अर्का टाउको दुखाइ हो जलकुम्भी झार ।

त्यसो त हिउँदकै बेलामा जलकुम्भीको स्रोतमै सरसफाई गरी बिउ निमिट्यान्न पार्नुपर्ने हो, तर त्यतातिर सरोकारवालाको ध्यान भने गएको देखिँदैन । यदाकदा भएका प्रयासले पनि सार्थकता पाएको छैन ।

यसैबीच आइतबारबाट फेवाताल सरसफाई अभियान सुरु गरिएको छ । पोखरा–१८ खपौदी ढल्केबरबाट वातावरण संरक्षणका लागि जलकुम्भी सरसफाई अभियान थालिएको हो । महाअभियान कास्कीको आयोजनामा ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी’ नाराका साथ अभियान थालिएको अभियन्ता रामबहादुर पौडेलले बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले अभियानको थालनी गरे । उनले तालतलैया लगायत प्राकृतिक स्रोत, सम्पदा र सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व रहेको बताए ।

अभियन्ता पौडेलका अनुसार सोमबारदेखि जलारी समुदायले ज्यालासहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिनेछन् । अभियान्ता पौडेलका अनुसार भोलिबाट हरेक दिन बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म ४० जनाका दरले स्थानीय जलारी समुदाय जलकुम्भी सफाइमा जुट्ने छन् । पोखरा महानगरपालिकाको सहयोगमा १ जलारी घर १ रोजगारी कार्यक्रम अन्तर्गत यो अभियान सञ्चालन गरिएको हो । उनले अभियानको पहिलो दिन १५ ट्रिप्पर जलकुम्भी हटाइएको बताए ।

पहिलो दिन सशस्त्र प्रहरी, नेपाली सेना, महानगरीय प्रहरी, स्थानीय आमा समूह, नागरिक समाज, रेबान, सामाजिक संघसंस्था, पत्रकारहरुले सरसफाइमा भाग लिएको पोखरा महानगरपालिका ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले जानकारी दिए । पहिलो दिनको कार्यक्रम समापन वडाध्यक्ष भट्टराईले गरेका थिए ।

पोखराको फूलबारीबाट सुनसरी स्थानान्तरण भएको भगवती दल गण र सुनसरीबाट फूलबारी आएको श्रीकृष्ण दलका ३ सयभन्दा बढी सेना सरसफाइमा सहभागी भए । सशस्त्र प्रहरी गण मालेपाटनका २ सयभन्दा बढी सशस्त्र प्रहरी र सर्वसाधारण नागरिक गरी कार्यक्रममा ७ सयभन्दा बढीको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width