हिलसाइडमा रेडक्रस सर्कल र स्कुल क्याप्टेन गठन

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०८१
oplus_1026

oplus_1026

पोखरा । हिलसाइड अंग्रेजी माविमा बुधबार नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको छ । विश्व रेडक्रस दिवस तथा मातातीर्थ औंसी उपलक्ष्यमा क्याप्टेनहरूको भेलाबाट स्कुल क्याप्टेन र रेडक्रसकर्मी साधारण सदस्य विद्यार्थीको भेलाबाट नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाइड गठन गरिएको हो ।

कक्षा ९ मा अध्ययतर सारा तामाङको अध्यक्षतामा गठन भएको स्कुल क्याप्टेन समिति उपाध्यक्षमा आयुष क्षत्री, सचिव पूर्णिमा भुजेल, कोषाध्यक्ष आयुषा अधिकारी र सहसचिव किस्मत थापा चयन भए । सदस्यमा प्रिन्सा लुइँटेल, अनुज अधिकारी, कृतिका तिमिल्सिना, प्रमिश थापा, स्वस्तिका थापा, चिरञ्जीवी दाहाल र प्रकृति सुवेदी चयन भए । कक्षा ९ का आर्जन सुवेदीको अध्यक्षतामा गठन भएको नेपाली जुनियर तथा युवा रेडक्रस सर्कल हिलसाडतर्फ उपाध्यक्षमा सामना पौडेल, सचिव प्रियंका भण्डारी, कोषाध्यक्ष संगम सिग्देल र सहसचिव सार्थक सुवेदी चयन भए । सदस्यमा आज्ञा गौतम, रोनिश सुनार, सोमिया गुरुङ, संगम क्षत्री, समीप पौडेल र एल्बिन सुवेदी चयन भए ।

सहजीकरणका लागि शिक्षक मीनप्रसाद सुवेदीलाई संयोजक र शिक्षिका ईशा अधिकारीलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । जुनियर तथा युवा सर्कलको शिक्षक नायकमा शिक्षक होमनाथ भट्टराई र सहनायकमा शिक्षिका अनिता पोडेललाई जिम्मेवारी तोकिएको छ ।

दुबै बाल संगठनमा भेलाबाट निर्वाचित विद्यार्थीलाई जिम्मेवारीको बोध गराउँदै प्राचार्य डिल्लीराम भट्टराईले बधाईका साथ सम्मान गरेका थिए । उनले विद्यालय सैद्धान्तिक ज्ञानको मात्र भण्डार नभई विद्यार्थीको संस्कायुक्त जीवनोपयोगी व्यावहारिक तथा नेतृत्व सिपको विकासमा पनि महत्वपूर्ण माध्यम बन्न सक्दछ भन्ने कुरा बताए । कार्यक्रममा आर्जन सुवेदी, आडिल भट्टराई, युुवराज भण्डारी, एन्जिला सुवेदी, इभाना भण्डारी, सक्षम आरडीलगायतले आमाको महिमागान गाउँदै आफ्नो कला विभिन्न माध्यमबाट प्रस्तुत गरेका थिए । सम्पूर्ण विद्यार्थी सहभागी हुने गरी चित्रकला तथा विभिन्न रचनात्मक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width