अन्नपूर्ण गापाले सार्वजनिक गर्‍ यो वर्षभरीका उपलब्धि

आदर्श समाज सम्वाददाता
जेठ ६, २०८१
annapurna gaupalika progrem photo

पोखरा, ६ जेठ ।अन्नपूर्ण गाउँपालिकाले पछिल्लो १ वर्षमा गरेका कार्य समेटेर छापिएको पुस्तक ‘अन्नपूर्ण दर्पण भाग २’ आइतवार सार्वजनिक गरेको छ ।अहिलेका जनप्रतिनिधीले पदवहाली गरेको २ वर्ष पुगेको अवसरमा उक्त पुस्तक प्रकाशन गरिएको हो ।

पुस्तक सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले आफूहरुले इमान्दारपूर्वक कार्य गरिरहेको दावी गर्दै जनताको विश्वासलाई तलमाथि हुन नदिने बताए ।उनले दर्पण प्रकाशनसँगै पालिकाले गरेका गतिविधि जनता समक्ष पुग्ने विश्वास व्यक्त गर्दै विधि तथा नियमसंगत रुपमा पालिका संचालन भइरहेको स्पष्ट पारे ।

एकीकृत पर्यटन सूचना केन्द्र स्थापना, गरिवको निःशुल्क स्वास्थ्य विमा, कृषि जैविक विविधता मेला, वडागत पकेट कार्यक्रम घोषणा, टेकिङ गाइड तालिम, गुरुङ भाषा संरक्षणका लागि शिक्षक नियुक्ति, राजश्व शिविर लगायत पछिल्लो वर्षका महत्वपूर्ण उपलब्धी भएको अध्यक्ष केसीले स्मरण गरे ।

तत्कालिन जिल्ला विकास समिति कास्की सभापति पुण्यप्रसाद पौडेलले परिणाममुखी कार्य गर्न पालिकालाई सुझाव दिर्दै पुस्तक प्रकाशन भएकोमा खुशी व्यक्त गरे ।उनले पालिकाका गतिविधिमा आफ्नो सधै साथ रहेको स्पष्ट पार्दै पालिका गरिव जनताको पक्षमा हुनुपर्ने औँल्याए ।

पालिकाका संस्थापक अध्यक्ष युवराज कुँवरले आफ्ना गतिविधीलाई लिपीबद्ध गरेकोमा पालिकालाई धन्यवाद दिर्दै जनप्रतिनिधी तथा कर्मचारी बीच सौहार्द वातावरण भए विकासले चाँडै फड्को मार्ने जनाए ।उनले गाउँपालिका राष्ट्रिय महासंघ मार्फत संघ सरकारबाट स्थानीय तहमा आउने बजेटको आकार बढाउन पालिका नेतृत्वको ध्यानाकर्षण गराए।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले संघीयता कार्यान्वयन गर्ने महत्वपूर्ण निकायमा रुपमा स्थानीय तहलाई चित्रित गर्दै आफूहरुले अन्नपूर्णलाई सुशासनमैत्री पालिका बनाउन लागि परेको बताइन् ।दिउँसै सपना देखेर आफूहरुले कार्य गरिरहेको धारणा राख्दै उपाध्यक्ष अधिकारीले चाँडै नै लान्द्रुक खानेपानीलाई व्यवस्थित रुपमा संचालन गरी बजारीकरण पनि गरिने धारणा राखिन् ।

त्यस अवसरमा पूर्व उपाध्यक्ष सगुन गुरुङ, राप्रपा केन्द्रीय सदस्य कुलबहादुर गुरुङ कुलु, प्रवक्ता समेत रहेका वडा नं.७ अध्यक्ष भरतमान् गुरुङ(पुस्तक प्रकाशन समिति संयोजक समेत), वडा नं. ११ अध्यक्ष हिमबहादुर गुरुङ, ५ का अध्यक्ष जीवनाथ पौडेल शंकर, नेपाली काँग्रेस पालिका सभापति मनपति भण्डारी, माओवादी केन्द्रका धर्मबहादुर गुरुङ, राप्रपा नेता हरीराम भण्डारी, नेकपा एकीकृत समाजवादीका भरत देवकोटा लगायतले पनि दर्पणको महत्वका बारेमा धारणा राखे ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले पछिल्लो १ वर्षका गतिविधिलाई सारशंमा प्रस्तुत गर्दै अन्नपूर्णले ‘कृषि, पर्यटन, उर्जा र पूर्वाधारः अन्नपूर्ण समृद्धिको आधार’ नारालाई आत्मसात गर्दै कार्य गरीआएको जनाए ।

कार्यक्रमका बीच जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अन्नपूर्णलाई द्वितीय स्थान हासिल गराउन सफल पालिका समूहको नेतृत्व गरेका शिक्षकहरु उद्धवराज सुवेदी तथा दिल जिसीले नगद सहितको पुरस्कार पालिकालाई हस्तान्तरण गरे ।

अन्नपूर्ण दर्पण २ मा पालिकाले पछिल्लो वर्षमा गरेका कृषि, पशुसेवा, पर्यटन तथा प्रविधि, प्रशासनिक सेवा, स्वास्थ्य, योजना, सुरक्षित आप्रवासन(सामी) कार्यक्रम, पूर्वाधार, शिक्षा, वातावरण, सरसफाई, राजश्व, सहकारी, गरिवी निवारणका लागि लधु उद्यम् विकास कार्यक्रम(मेड्पा) अन्तर्गत भए गरेका गतिविधि लगायतलाई मुख्य रुपमा समेटिएको छ ।

पालिका अध्यक्ष केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रवक्ता गुरुङले स्वागत तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बलराम भुगाईले कार्यक्रम संचाललन गरे।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width