पोखरा । नेकपा (एमाले) जिल्ला कमिटी मुस्ताङको अध्यक्षमा दीपक लालचन निर्वाचित भएका छन् । पार्टीको आठौं जिल्ला अधिवेशनबाट घरपझोङ गाउँपालिका—२ मार्फाका लालचन निर्वाचित भएका हुन् । शनिबार सम्पन्न जोमसोममा सम्पन्न पार्टीको आठौं अधिवेशनबाट उनी निर्विरोध भएका हुन् ।
३१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा छेवाङ रिङजिङ गुरुङ, सचिवमा तिलक बिक, उपसचिवमा माया गुरुङ र सम्राट गौचन छन् ।
एमाले मुस्ताङको जिल्ला कमिटी सदस्यमा रमेश गुरुङ, छाङरिङजिङ गुरुङ, कुङ्गा तेन्जिङ गुरुङ, ढिकी गुरुङ, गोबिन्द बिष्ट ,जमुना घताने,विजय थकाली, संचित्र गुरुङ, पेमा छेतेन बिक, विशाल शेरचन, हिक्मत नेपाली, सनप्रसाद थकाली, टसी नर्बु गुरुङ, कर्मा नाम्ग्याल गुरुङ, छिरिङ ढिन्डु गुरुङ, कर्मसम्टुक गुरुङ, छयुमी बिष्ट, आङजेन गुरुङ, थाक्पाछिरिङ गुरुङ, शवि शेरचन, पासाङ गुरुङ, झब्यङ तेन्जिङ गुरुङ, थुक्तेन छिरिङ गुरुङ, न्हिमा धिन्डुक गुरुङ, यामकुमारी तुलाचन र दिपक थकाली लगायतका छन् ।
अधिवेशनले पार्टीको लेखा समितिको अध्यक्षमा सुनदेवी रसाइली, सचिवमा आइतेलाल थकाली र सदस्यमा प्रेमकुमारी शेरचनलाई निर्वाचित गरेको हो । एमाले पार्टीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शनिबारनै निर्वाचन कमिटीले औपचारिक घोषणा सार्वजजिक गरेको थियो । साथै पार्टी कमिटीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराईएको थियो ।
यसअघि नेकपा(एमाले)जिल्ला कमिटी मुस्ताङको आठौं अघिवेशनको केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए । एमाले मुस्ताङको अधिवेशनमा सहभागी हुन केन्द्रीय सचिव गोकर्णराज बिष्ट र एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मासहितको टोली मुस्ताङ आएको थियो ।
अघिवेशनमा केन्द्रिय उपमहासचिव गुरुङले एमाले मुस्ताङले संघ तथा प्रदेशको निर्वाचनमा सिट गुमाउन पुग्दा गण्डकीमा सरकार संञ्चालनमा अप्ठ्यारो परेको बताए । उपमहासचिव गुरुङले देश जनताको हितका लागि एमाले पार्टीबाहेक अन्य पार्टीले केही गर्न नसक्ने बताए । उनले ०७४ सालको निर्वाचनमा यहाँ एमालेले जुन सफलता पाएको थियो,त्यो सफलता ०८४ मा कायम गर्ने गरी एमाले अघि बढ्नु पर्ने कार्यकर्तालाई सुझाए । उपमहासचिव गुरुङले लामो सम्वोधनका क्रममा कांग्रेस, माओवादी, रास्वपा र एकीकृत समाजवादी पार्टी लगायतलाई कटाक्ष गरेका थिए ।
अधिवेशनमा केन्द्रीय सचिव बिष्टले कोरला नाका जोड्ने उत्तर÷दक्षिण राजमार्ग सडक एमाले सरकारले सुरु गरेको बताए । ‘एमालले विकास र समृद्धि चाहने पार्टी हो, हामीले निरन्तर काम गर्न पाएको भए कोरला सडक सम्पन्न भईसक्थ्यो,’ सचिव बिष्टले भने, अब कोरलानाकामा पूर्वाधार व्यवस्थापन गरी समृद्धिको ढोका खोल्न जरुरी छ ।’
एमाले केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले मुस्ताङमा पार्टी एक ढिक्का रहेको र अब ०८४ को चुनाबमा कांग्रेसलाई क्लीनसीप गर्ने गरी संगठन विस्तारमा जोड दिईने बताए । एमालेका निवर्तमान जिल्ला अध्यक्ष आशबहादुर थकालीले स्थानीय तहको निर्वाचनमा एमालेले निकै राम्रो सफलता हात पारे पनि त्यो सफलता प्राविधिक कारण जोगाउन नसकेको बताए ।
Related News
सम्बन्धित समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
मिसिङः केटी हराएको सूचना रिलिज
गाईभैंसीपालक कृषकलाई तालिम
पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
hero news full width
मुख्य समाचार
धारापानी माविको ७४ औं वार्षिकोत्सव
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१