पोखरा । पोखरा वडा कार्यालय १२ ले वडाका सबै सामुदायिक विद्यालयमा संस्कार शिक्षा पाठ्यक्रम लागु गर्ने भएको छ । पहिलो चरणमा सामुदायिक विद्यालय कक्षा ७ र कक्षा ११ मा संस्कार शिक्षा लागु गर्न लागिएको हो । पूर्वीय दर्शनका अध्यता तथा व्याख्याता डा. केएन स्वामीले तयार पारेको संस्कार शिक्षा पोखरा महानगरपालिकाबाहेक अन्य केही स्थानीय तहले लागु गर्ने तयारी गरिरहेका छन्।
पोखराको अमरसिंह माविले चालु शैक्षिकसत्रदेखि नै संस्कार शिक्षा सुरु गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद कोइरालाले बताए। अन्य निजी विद्यालयमा पनि संस्कार शिक्षा लागु गर्ने भनेर गृहकार्य भइरहेको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । उनले भने, ‘हाम्रो संस्कार, संस्कृति, परम्परा र माटो संरक्षणसँगै पुस्तान्तरण गर्नु पनि हाम्रो कर्तव्य हो ।’
यसै शैक्षिकसत्रदेखि संस्कार शिक्षा लागु गर्न वडाध्यक्ष बास्तोलाले र डा. केएन स्वामीबीच छलफल पनि भएको थियो । सोही छलफलले चालु शैक्षिकसत्रदेखि नै संस्कार शिक्षा लागु गर्ने गरी गृहकार्य अघि बढाएको हो।
पोखरा १२ मा ३ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा ४ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत् छन्।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१