गैंडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीलाई बधाई एवं सम्मान

आदर्श समाज सम्वाददाता
जेठ ४, २०८१

नवलपुर । नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले कक्षा १२ को परीक्षा दिएका आफ्ना विद्यार्थीलाई बधाई एवं सम्मान गरेको छ । शुक्रबार कलेजले विद्यार्थीहरूको सम्मानमा कार्यक्रम गरेको हो ।

कलेजका प्रिन्सिपल इ. हरि भण्डारीले अहिले कक्षा १२ उत्तीर्ण गरेर युवाह? विदेशीने भयानक अवस्था रहेको बताए । विद्यार्थीको मानसिक, शारीरिक एवं भावनात्मक विकास नहुँदै वैदेशिक अध्ययनका नाममा तेस्रो मुलुक पुग्दा विद्यार्थीको भविष्य बिग्रनेतर्फ सचेत गराए ।

‘सकेसम्म युवाह? आफ्नै देशमा बस्नुपर्छ, विदेश जाने क्रम रोकियो भने मात्रै मुलुकको विकास गर्न सकिन्छ,’ उनले भने, ‘विद्यार्थीहरू वैदेशिक अध्ययनका लागि जानैपर्ने अवस्था आएमा कम्तीमा स्नातक उत्तीर्ण भएपछि मात्रै जाँदा उपयुक्त हुन्छ ।’

कलेजका शैक्षिक सल्लाहकार एसोसिएट प्राडा वसन्त अधिकारीले अ?को पछि लागेर कलिलै उमेरमा वैदेशिक अध्ययनका लागि जाँदा दुख पाइने बताए । कलेजका राष्ट्रिय परीक्षा बोर्डतर्फको व्यवस्थापन संकाय प्रमुख हरि थपलियाले अक्सफोर्ड कलेजमा नै प्लेग्रुपदेखि पोस्ट ग्राजुएटसम्मको शिक्षा अध्ययन गर्न पाइने भन्दै कक्षा १२ पछिको शिक्षा यहींबाट लिएर अध्ययन पूरा गर्न आग्रह गरे ।

कार्यक्रममा कलेजका सहायक प्रिन्सिपल तिलकराम पन्थी, बिइका विभागीय प्रमुख भीम भण्डारी, व्यवस्थापनका सहसंयोजक कृष्ण विक, बिबिए कार्यक्रम प्रमुख सुशान्त तिवारी, प्राध्यापक रेखा लम्साललगायतले मन्तव्य राखेका थए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width