पोखरा । प्रतिभा माध्यमिक विद्यालयको अतिरिक्त व्रिmयाकलाप अन्तर्गत आइतबार ‘राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता भएको छ ।
नेपाली विभागको आयोजनामा सञ्चालित प्रतियोगितामा कक्षा ९ र १० का २३ जना विद्यार्थीहरूको सहभागी रहेको उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाको प्रमुख अतित्थ्यतामा भएको थियो । कार्यक्रममा सापकोटाले मानिसको जीवनमा थुप्रै प्रतियोगिताले परीक्षा लिइराख्ने हुँदा वक्तृत्वकलाले मानिसको जीवनमा बोल्न सक्ने कलाको विकास गराउने, आत्मविश्वास बढाउने तथा नेतृत्व विकास गराउन अहम् भूमिका खेलेको हुँदा यस्ता कार्यक्रममा सहभागी हुनु पर्नेमा जोड दिए ।
विद्यालयका सह–मप्राचार्य प्रदीप खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा खनालले कार्यक्रममा विद्यार्थीहरूबाट आएका गहन भनाइबाट आफू अत्यन्त प्रभावित भएको बताउँदै विजेता विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिए ।
कार्यक्रममा सिजन गुरुङ प्रथम, समीर पराजुली द्वितीय, सुप्रिया मानन्धर तृतीय र प्रशन्न ढकाल सान्त्वना भएका थिए । कार्यक्रमको निर्णायकको भूमिकामा विद्यालयका नेपाली विभागीय प्रमुख विष्णुप्रसाद पौडेल र नेपाली शिक्षक दुर्गादत्त सुबेदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यार्थी दीक्षान्त थापाले गरेका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
डिज्नील्याण्ड एकेडेमीको सप्ताहव्यापी खेलकुद
धारापानी माविको ७४ औं वार्षिकोत्सव
पिसिएममा आइडिया प्रतियोगिता
गुणस्तरीय शिक्षामा सरोकारवालाको भूमिका
जनप्रियको वार्षिकोत्सवमा सम्मान
hero news full width
मुख्य समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१