विन्ध्येश्वरी आदर्शमा निर्वाचन तथा स्वागत

आदर्श समाज सम्वाददाता
जेठ ४, २०८१
bindeshwari (1)

पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा विद्यार्थी प्रमुख तथा उपप्रमुख चयन तथा स्वागत कार्यक्रम भएको छ ।

विद्यालयमा हुने गतिविधि सहज रुपमा सम्पन्न गर्न तथा विद्यालयलाई अनुशासित क्षेत्र बनाउन र विद्यार्थीलाई निर्वाचन प्रक्रियाबारे सिकाउने मतदान प्रक्रियाबाट प्रमुख तथा उपप्रमुखको छनोट गरिएको हो । ७ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको सो निर्वाचनमा कक्षा २ देखि १० सम्मका विद्यार्थीले मतदान गरी प्रमुख तथा उपप्रमुख चुनेका हुन् ।

जसका लागि विद्यालयका शैक्षिक प्रमुख होमराज अधिकारीको अध्यक्षतामा एउटा टोली गठन गरिएको थियो ।

कक्षा १० का आविष्कार शाही प्रमुख र सुजन बालकोटी उप–प्रमुखमा निर्वाचित भए ।

सोही अवसरमा नवआगन्तुक विद्यार्थी तथा शिक्षकलाई स्वागत गरिएको छ ।

कार्यक्रममा कक्षा ९ की प्रशंसा कार्कीले स्वागत मन्तव्य व्यक्त गरिन् । कार्यक्रममा विद्यार्थीले आफ्नो कला प्रस्तुत गरेका थिए ।

प्राचार्य कृष्णकुमार श्रेष्ठले विद्यार्थी तथा शिक्षकको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना दिएका थिए ।

नवआगन्तुक विद्यार्थीका तर्फबाट कक्षा ७ की उपासना रेग्मीले धन्यवाद ज्ञापन गरेकी थिइन् भने सञ्चालन परीक्षा प्रमुख शिक्षिका माया क्षत्रीले गरेकी हुन् ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width