पोउवा संघमा इलामका व्यवसायी

आदर्श समाज सम्वाददाता
जेठ ६, २०८१
Ilam @pccii f

पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ । घरेलु तथा साना उद्योग कार्यालय इलामको अगुवाइमा अध्ययनका निम्ति पोखरा आइपुगेको उद्योगी÷व्यवसायीहरूसँगको अन्तक्र्रिया कार्यक्रममा सो सहमति जुटेको हो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष गोकर्ण कार्कीले इलाममा उत्पादित बस्तुहरूको पोखराको बजारमा खपत हुने सम्भावना बढी नै रहेको बताए । पर्यटकीय क्षेत्रको पहिचान बनाएको इलाम र पोखराबीच पर्यटन प्रवद्र्धनमा पनि सहकार्य हुनसक्ने उनको भनाइ थियो ।

घरेलु तथा साना उद्योग कार्यालय इलामका प्रमुख इलाम उत्पादकत्व बढी भएको जिल्ला भएको र त्यहाँ उत्पादित दुग्धजन्य परिकार र चियाको पोखरा राम्रो बजार हुनसक्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले इलामले पछिल्लो समय पर्यटन उद्योगमा गरेको लगानी र प्रवद्र्धन सराहनीय भएको बताए ।
घरेलु तथा साना उद्योग महासंघ इलामका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगी/व्यवसायीहरूलाई राज्यबाटै यो वा त्यो बहानामा दुख दिइएको गुनासो गरे ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष देवेन्द्र केसीको धन्यवाद तथा महासचिव बलराम आचार्यको सञ्चालन रहेको कार्यक्रममा इलामका महासचिव हेमन्त गौतमले निजी क्षेत्रबीचको सहकार्य बढाउन राज्यले प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

Related News

सम्बन्धित समाचार

hero news full width