नव सिद्धार्थ महिला सहकारीको रक्तदान

आदर्श समाज सम्वाददाता
जेठ ६, २०८१
nawa siddhartha mahila sahakari

पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन भएको छ । सहकारीको २२औं वार्षिकोत्सवका सन्दर्भमा आयोजित कार्यक्रम उद्घाटन गर्दै पोखरा ४ का अध्यक्ष देवकृष्ण पराजुलीले महिलाको नेतृत्वमा सञ्चालन हुने संस्था सहज ढंगले सञ्चालन हुने बताए ।
उनले सहकारी क्षेत्र उथलपुथल भइरहेको अवस्थामा पनि नव सिद्धार्थ सहज ढंगले सञ्चालन हुनु सुखद् पक्ष रहेको बताए ।

जिल्ला सहकारी संघकी अध्यक्ष सावित्रा कोइरालाले वर्तमान अवस्थामा सहकारीको उद्देश्य र मर्म विपरीत सञ्चालित केही संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनामी हुन पुगेको दाबी गरिन् ।

उनले भनिन्, ‘जबसम्म तीन वटै तहका सरकारले सहकारी ऐन, कानुन, सिद्धान्त र मूल्यमान्यतालाई आत्मसात् गरेर नीति र विधिसम्मत सञ्चालन गर्न सक्दैन, तबसम्म सहकारी क्षेत्र सुदृढीकरण हुँदैन ।’

संस्थाका पूर्वअध्यक्ष एवं पोखरा ४ का वडासदस्य पार्वती माकाजुले सहकारी आर्थिक गतिविधिसँगै सामाजिक कार्यमा पनि उत्कृष्ट भएको बताइन्।

संस्थाकी अध्यक्ष भवानी माकाजुले सहकारीमार्फत् विगतमा पनि रक्तदानसहित धेरै सामाजिक काम गरेको र आगामी दिनमा पनि निरन्तर गर्दै जाने स्पष्ट पारिन् ।

भवानी माकाजुको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव एवं कार्यक्रम संयोजक कुश्मा राणाले स्वागत र सहसचिव डाल्डादेवी भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width