ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण

आदर्श समाज सम्वाददाता
जेठ ६, २०८१
police arrest vehicle (3)

पोखरा । अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासीमा संलग्न ५ वटा गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नदीजन्य पदार्थहरुको चोरी निकासी भइरहेको भन्ने सूचनाका आधारमा आइतबार ती गाडी नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पोखरा – १४ बाच्छीबुढुवास्थित घाटबाट अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका ३ गाडी नियन्त्रणमा लिएको छ ।

ग१ख ६६०९ नम्बरको मिनी टिप्पर, ग१त ५४१६ नम्बर र ग१त ७०२४ न को ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रयोजन खुल्ने कुनै कागजपत्र पेस गर्न नसकेकोले उक्त सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले जौवारीमा नौंडाडाबाट पोखरातर्फ ढुंगा लोड गरी आउँदै गरेको ग१क ५३५३ नम्बरको मिनी टिप्पर र ना७ख ५९१ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width