प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यशाला

आदर्श समाज सम्वाददाता
जेठ ६, २०८१
nepali bhasa parisad

पोखरा । नेपाली भाषा शिक्षक परिषद्, कास्कीले शनिबार प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणसम्बन्धी कार्यशाला आयोजना गरेको छ । कार्यशालामा मावि तहमा डा. बोधराज ढकाल र डा. यामनाथ तिमिल्सिना, आधारभूत तह (६–८)मा डोलराज अर्याल र शिवहरि सुवेदी र आधारभूत तह (४–५) मा माधवशरण उपाध्याय र लोकचन्द्र खनालले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षण सिपबारे सहजीकरण गरे ।

समारोहमा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश प्रमुख लक्ष्मण देवकोटाले भाषा जोगाउने दायित्व शिक्षकको काँधमा रहेको जनाए । ‘नेपाली भाषामाथि चौतर्फी आक्रमण भएको अवस्थामा हामी संवेदनशील हुनुपर्छ । विद्यार्थीमा नेपाली भाषाप्रति मोह जोगाउन आवश्यक छ,’ उनले भने । कार्यालयले गर्नुपर्ने काम भाषा परिषद्ले गरेको भन्दै देवकोटाले धन्यवाद दिए ।

मदरल्यान्ड माविका प्रधानाध्यापक नारायण बरालले प्रश्नपत्रको निर्माण स्तरीय हुनुपर्ने र प्रश्नहरूले विद्यार्थीको स्तर र भाषाको ज्ञान बढाउन सघाउनुपर्नेमा जोड दिए । आयोजक परिषद्का अध्यक्ष डिल्लीराम अर्यालले नेपाली भाषा बचाउने मुख्य दायित्व नेपाली शिक्षकहरूकै रहेको औंल्याउँदै त्यस कार्यमा उच्च मनोबलका साथ लाग्न आग्रह गरे ।

संस्था महासचिव एवं कार्यक्रम संयोजक शिवहरि सुवेदीले विगतमा गरेका कार्यशालाका प्रभावकारिताको अनुभवका आधारमा शिक्षककै मागका आधारमा कार्यक्रम राखिएको जनाए । कार्यशालाका सहभागी रेन्बो एकेडेमी होम्स माविका नेपाली शिक्षकद्वय दुर्गा थापा र स्मिता खाँडले यस्ता कार्यशाला प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणलाई सहज बनाउने अपेक्षा सुनाए । प्रतिभा माविका शिक्षकद्वय अमृता गुरुङ र अमृता जिसीले कार्यशालाले शिक्षण र पेसाप्रति थप जिम्मेवार बनाएको उल्लेख गरे ।

करिब २ सय ५० शिक्षकहरू सहभागी कार्यक्रममा नेपाल गणित समाज शिक्षा परिषद् गण्डकी प्रदेश अध्यक्ष डा.त्रिभुवन शर्मा, परिषद्का वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width