पोखरा । पोखरा उपमेयर मञ्जुुदेवी गुुरुङले महिलाहरू आर्थिकरुपमा मजबुुत हुनपर्ने बताएकी छन् । पोखरा १५ ले आयोजना गरेको कृष्टल माला, चुरा, पोते तथा फेब्रिक माला, ब्याज बनाउने तालिम समापन कार्यक्रममा उनले महिलाहरू आयआर्यजनसँग जोडिएर आर्थिकरुपमा सक्षम नभएसम्म समाजमा अघि बढ्न नसकिने बताइन् ।
महिलाहरू घरमा धेरै काम गर्ने भए पनि श्रमको मूल्य नहुने भन्दै स्वरोजगार बन्नुपर्नेमा उनले जोड दिइन् । तालिम लिएपछि व्यवसायी बन्दै आर्थिकरुपमा सबल र सक्षम बन्नका लागि व्यावसायिक बन्नुपर्नेमा उनले सुझाव दिइन् ।
पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँले वडाका महिलाहरूको आवश्यकता ठानेर तालिम दिएको बताउँदै तालिमबाट प्राप्त सिप र ज्ञानलाई उपयोग गरेर आत्मनिर्भर बन्ने अपेक्षा गरेको बताए ।
कार्यक्रममा महानगरका कार्यपालिका सदस्य मन्दिरा गौतम, पोखरा १५ का वडासदस्य बलराम पौडेलले वडा कार्यालयले प्रदान गरेको तालिमबाट वडामा आयोजना हुने कार्यक्रमका लागि माला, ब्याज उत्पादन गर्ने र आयआर्जनका आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’
खर्च जुटाउँदै पोखरामा राउटे
एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार
पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान
दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१