पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

आदर्श समाज सम्वाददाता
असार ९, २०८१
sancharika

पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकीको सहयोगमा भएको तालिमको उद्घाटन गर्दै उपसभामुख बिनाकुमारी थापाले महिलाको क्षमता अभिवृद्धि गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले तालिममा सिकेका कुरा दैनिक व्यवहारमा लागु गर्न आग्रह गर्दै तालिमको सफलताको शुभकामना व्यक्त गरिन । आफू नीति निर्माण गर्ने तहमा रहेको बताउँदै उनले महिला पत्रकारको क्षमता बृद्धि गर्ने सवालमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उपसभामुख थापाले सञ्चारमाध्यमवाट सही सूचना सम्प्रेषण हुनुपर्नेमा जोड दिइन् ।

तालिमको सहजीकरण गर्दै प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चारध्यमबाट प्रशारण हुने सूचना तथ्यपरक हुनुपर्ने बताइन् । पछिल्लो समय नयाँ नयाँ प्रविधिको विस्तार भइरहेको बताउँदै उनले प्रविधिको सदुपयोग गर्न सके समयको वचतसँगै गुणस्तरीय कार्यसम्पादन गर्न सकिनेमा उनले जोड दिइन् ।

त्यस्तै फोटो पत्रकार प्रेम थापाले फोटो / भिडियो सुटिङ र सम्पादन सम्बन्धी प्रशिक्षण दिए । तालिममा विभिन्न सञ्चारमाध्यमा कार्यरत ४० जना पत्रकार महिलाको सहभागिता थियो ।

सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशका अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन कोषाध्यक्ष उमा आलेमगरले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • सुरु भयो लेडी जेसीज सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् ।…
  • पोखरा लेडी जेसीजको सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८१
    पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी,…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…
  • जोन्टा क्लब पोखरा अध्यक्षमा रोजिना

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । जोन्टा क्लब अफ पोखराको पाँचौं अधिवेशनले रोजिना रञ्जित बिजुक्छेलाई अध्यक्षमा चयन गरेको छ । क्लब उपाध्यक्षमा नेलिसा ठकुरी…

hero news full width

trending post

ट्रेन्डिङ्ग