पोखरा लेडी जेसीजको सप्ताह

आदर्श समाज सम्वाददाता
जेठ १५, २०८१
pokhara-lady-jaycees

पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी, स्वस्थ र समुन्नत समाज आजको आवश्यकता’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।

जेठ १७ देखि सुरु भएर २३ गते समापन हुने कार्यक्रममा अभिमुखीकरण तथा सचेतनादेखि वृक्षरोपण तथा डस्टबिन वितरणसम्मको कार्यक्रम समेटिएका छन् ।
संस्थाकी अध्यक्ष गायत्री फुयाँलका अनुसार सबै कार्यक्रमको तयारी तीव्र बनाइएको छ र छुट्टछुट्टै संयोजक तोकेर जिम्मेवारी दिइएको छ ।

जेठ १७ गते बिहीबारका दिन बिहान ११ बजे कार्यक्रम उद्घाटन हुनेछ । सोही दिन शिक्षा क्षेत्र र महिला समूह लक्षित अभिभावक अभिमुखीकरण र सचेतना कार्यक्रम हुनेछ । पोखरा उद्योग वाणिज्य संघका सभाहलमा हुने कार्यक्रम समुद्घाटन हुने र अभिभावक अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक दीव्यलक्ष्मी चालिसेले जानकारी दिइन् । यस कार्यक्रमका लागि सरु पनेरुलाई पनि संयाजकको जिम्मेवारी दिइएको छ ।

उद्घाटन कै दिन सुरु हुने स्वास्थ्य शिविर १८ गते शुक्रबार समापन हुनेछ । शिविर पोखरा महानगरपालिका वडा नं. ९ स्थित नवप्रभात माविमा सञ्चालन हुनेछ । विद्यार्थी लक्षित शिविरका लागि रेजिना कटुवाललाई संयोजक तोकिएको छ ।

यसैगरी जेठ १० गते शनिबार महिला तथा बालबालिकाका लागि सामाजिक नैतिकता, साइबर अपराध र कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण दिइनेछ । पोखरा १४ को वडा कार्यालयमा हुनेछ । यस कार्यक्रमका लागि करुणा पाण्डेले संयोजकको जिम्मेवारी पाएकी छन् ।

कार्यक्रमअन्तर्गत २० गते पोखरा ३० ढुंगेपाटनमा संघसंस्था, महिला समूहका अध्यक्ष र सचिव लक्षित आत्म प्रशिक्षण परिचय कार्यक्रम हुने कार्यक्रम संयोजक इन्दिरा तिमिल्सिनाले जानकारी दिइन् ।

जेठ २१ र २२ गते उद्यमी महिला लक्षित उद्यमशीलता सौन्दर्य तालिम हुनेछ । तालिम पोखरा ९ स्थित गुरुङ व्युटी पार्लरमा हुने कार्यक्रम संयोजक रचना अधिकारीले जानकारी दिइन् ।

जेठ २२ गते नै खेलाडी लक्षित आहार योजना प्रशिक्षण गाउँघर क्याफेमा दिउसो १ बजे सुरु हुने संयोजक सगुन पौडेलले जानकारी दिइन् । जेठ २३ गते बुधबारका दिन बिहान ८ बजे वातावरण सरक्षणका लागि नदीपुरस्थित शान्ति मिजार समाजमा वृक्षरोपण तथा डस्टबिन वितरण हुने कार्यक्रम संयोजक सिर्जना आले (इशा) ले जानकारी दिइन् ।
सोही दिन साँझ ५ बजे समापन कार्यक्रम आयोजना गरिएको संयोजक सकुन पौडेलले जानकारी दिइन् ।

युवाहरुको जोस र जागरलाई समेटी सन् १९८९ मा १८ देखि ४० वर्षभित्रका क्रियाशील र कर्मठ युवा नारीहरुको सशक्त शाखाको रुपमा स्थापित पोखरा लेडी जेसीज नेपाल जेसीजको एक सशक्त शाखाको रुपमा परिचित रहेको संस्थाकी सचिव नन्दकुमारी ढुंगानाले जानकारी दिइन् ।

जेसीजले सदस्यको व्यक्तित्व तथा नेतृत्व विकासका विशेष ध्यान दिँदै आइरहेको छ । जेसीज सप्ताहलाई महत्वपूणए कार्यक्रमका रुपमा लिने गरिन्छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • सुरु भयो लेडी जेसीज सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् ।…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…
  • जोन्टा क्लब पोखरा अध्यक्षमा रोजिना

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । जोन्टा क्लब अफ पोखराको पाँचौं अधिवेशनले रोजिना रञ्जित बिजुक्छेलाई अध्यक्षमा चयन गरेको छ । क्लब उपाध्यक्षमा नेलिसा ठकुरी…

hero news full width

trending post

ट्रेन्डिङ्ग