सुरु भयो लेडी जेसीज सप्ताह

आदर्श समाज सम्वाददाता
जेठ १७, २०८१
Pokhara Lady Jaycees prgrm (1)

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् । उनले विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति अत्यन्त आवश्यक रहने उल्लेख गरे ।

३५ वर्ष अघि स्थापित पोखरा लेडी जेसीजको साताव्यापी कार्यक्रम जेसीज सप्ताहको समुद्घाटन समारोहमा भट्टले जेसीजले लैंगिक मुद्दालाई पनि ध्यानमा राखेर अघि बढेकोमा खुसी व्यक्त गरे । ‘घर, परिवार, समाज र राष्ट्रलाई रूपान्तरण गरी लोककल्याणकारी राज्य स्थापनार्थ महिला र पुरुषको समान सहभागिता एवं प्रतिनिधित्व अपरिहार्य छ ।’ उनले भने, ‘विकासको मूल प्रवाहीकरणमा महिलाको उपस्थिति आवश्यक छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको सन्तुलित विकासका लागि पनि महिलालाई नेतृत्व तहमा लैजानुपर्दछ ।’

लेडी जेसीज जस्ता सामाजिक संस्थाले महिलाहरूको नेतृत्व र क्षमतासँगै चेतना विकासमा सहयोग पुगेको प्रदेश प्रमुख भट्टको भनाई छ । उनले थपे, ‘नेतृत्वदायी भूमिकामा महिला सहभागिता बढाउन पनि यसले साथ दिएको छ । लाखौं युवाहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै देश निर्माणमा योगदान गर्दै आएको छ ।’

जेसीज १८ देखि ४० वर्ष सम्मका जवान युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था रहेको र तालिमको विश्वविद्यालयको रुपमा पनि चिनिने यस संस्थाले युवा सशक्तिकरण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याएको प्रदेश प्रमुख भट्टको ठम्याइ छ ।

नेतृत्वदायी भूमिकामा महिला सहभागिता बढाउन लेडी जेसीज अग्रसर

‘सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिंगो राष्ट्रको विकास हुनेछ । असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिन सक्छ । यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ,’ उनले भने ।

सकारात्मक सोच र रचनात्मक काम गर्ने जेसीज सहर केन्द्रित मात्रै नभएर ग्रामीण क्षेत्रतिर पनि फैलन आवश्यक रहेको प्रदेश प्रमुख भट्टको सुझाव छ ।

लेडी जेसीजले सात दिनसम्म मनाउन लागेको अभिभावक अभिमूखीकरण तथा सचेतना कार्यक्रम, वृहत निःशुल्क स्वास्थ्य शिविर, महिलाका लागि साइबर अपराधसम्बन्धी सचेतना तथा क्षमता अभिवृद्धि तालिम, उद्यमशीलता सौन्दर्यतासँगै खानपान सम्बन्धी तालिम, वृक्षारोपण र सरसफाई कार्यक्रमको शुभकामना पनि उले दिए । पोखरा लेडी जेसीजकी अध्यक्ष गायत्री फुयाँल लगायतले कार्यक्रममा बोलेका थिए ।

‘लंैगिक समानता, समावेशी, स्वस्थ र समुन्नत समाज आजको आवश्यकता’ मूल नाराका साथ सुरु भएको सप्ताह जेठ २३ सम्म हुने छ । सप्ताहमा अभिमुखीकरण तथा सचेतनादेखि वृक्षरोपण तथा डस्टबिन वितरणसम्म कार्यक्रम समेटिएका छन् । कार्यक्रम उद्घाटन लगत्तै शिक्षा क्षेत्र र महिला समूह लक्षित अभिभावक अभिमुखीकरण र सचेतना कार्यक्रम भएको छ । यसैगरी नेलम्बो नेपाल सहकार्यमा पोखरा ९ स्थित नवप्रभात माविमा पहिलो दन्त शिविर समेत सुरु भएको छ ।

समापनमा वातावरण सरक्षणका लागि नदीपुरस्थित शान्ति मिजार समाजमा वृक्षरोपण तथा डस्टबिन वितरण हुने छ ।

युवाको जोश र जागरलाई समेटी सन् १९८९ मा १८ देखि ४० वर्षभित्रका क्रियाशील र कर्मठ युवा नारीको सशक्त शाखाको रुपमा स्थापित पोखरा लेडी जेसीज नेपाल जेसीजको एक सशक्त शाखा रुपमा परिचित रहेको संस्था सचिव नन्दकुमारी ढुंगानाले बताइन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • पोखरा लेडी जेसीजको सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८१
    पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी,…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…
  • जोन्टा क्लब पोखरा अध्यक्षमा रोजिना

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    पोखरा । जोन्टा क्लब अफ पोखराको पाँचौं अधिवेशनले रोजिना रञ्जित बिजुक्छेलाई अध्यक्षमा चयन गरेको छ । क्लब उपाध्यक्षमा नेलिसा ठकुरी…

hero news full width

trending post

ट्रेन्डिङ्ग