जोन्टा क्लब पोखरा अध्यक्षमा रोजिना

आदर्श समाज सम्वाददाता
जेठ १३, २०८१
Zonta club 3

पोखरा । जोन्टा क्लब अफ पोखराको पाँचौं अधिवेशनले रोजिना रञ्जित बिजुक्छेलाई अध्यक्षमा चयन गरेको छ ।

क्लब उपाध्यक्षमा नेलिसा ठकुरी केसी, सचिव सिर्जना कार्की भट्टराई र कोषाध्यक्ष अनिता खड्का भट्टराई चयन भएकी छन् । समितिको निवर्तमान अध्यक्षमा मोनिका थापा छिन् ।

क्लबको कानुनी डाइरेक्टरमा वन्दना कार्की, अवार्ड एन्ड स्कलरसिप डाइरेक्टरमा साम्राज्ञी क्षेत्री, सेलेब्रेसन एन्ड फेलोसिप डाइरेक्टरमा सविता श्रेष्ठ, लिडरसिप र स्किल डेभलपमेन्ट डाइरेक्टरमा श्रीविद्या कायस्थ, पिआर एन्ड ग्रेटर भिजिबिलिटी डाइरेक्टरमा लीना गोशली, सर्भिस कमिटी डाइरेक्टर अञ्जना तझ्या, युएन एन्ड क्लाइमेट चेन्ज डाइरेक्टरमा निलिमा गुरुङ र जेड एन्ड गोल्डेन डाइरेक्टरमा पूजा केसी चयन भएको अध्यक्ष रोजिना रञ्जित बिजुक्छेले जानकारी दिइन् ।

जोन्टा क्लब अफ पोखरा विश्वव्यापी जोन्टा इन्टरनेसनल अन्तर्गतकै क्लब हो । जुन १९१९ मा स्थापना भएको थियो । जोन्टा क्लबले महिलाहरूको हक र अधिकार र विभिन्न देशहरूमा आफ्ना शाखाहरूमार्फत् महिला सशक्तीकरणका लागि पहल गर्दै आएको क्लबकी नवनिर्वाचित अध्यक्ष बिजुक्छेले बताइन् ।

पोखरामा पनि यो क्लबले महिला सशक्तीकरणका लागि विभिन्न तालिम, सचेतना कार्यक्रम र समुदायमा विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको उनले जानकारी दिइन् । यसको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउन, उनीहरूको क्षमता विकास गर्न र समाजमा समान अधिकार सुनिश्चित गर्न मद्दत पुर्‍याउनु रहेको उनको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • सुरु भयो लेडी जेसीज सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् ।…
  • पोखरा लेडी जेसीजको सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८१
    पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी,…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…

hero news full width

trending post

ट्रेन्डिङ्ग