सर्प संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८१
snake bare

पोखरा । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रम भएको छ ।

पोखरा महानगरपालिका २५ को सहयोग तथा सर्प संरक्षण समाजको सहकार्यमा भएको जनचेतनामूलक कार्यक्रममा २ सय ५० जनाको सहभागिता थियो ।
विषालु र अविषालु सर्प कसरी चिन्ने, सर्पबाट हुने फाइदा, यसबाट बच्ने उपायका विषयमा कार्यक्रम जानकारी दिइएको थियो ।

कार्यक्रममा सर्प संरक्षण समाजका अनुसन्धानकर्मी एवम् सर्प संरक्षणकर्मी ऋषि बरालले नेपालका विषालु सर्पहरु पहिचान, सर्पदंश र त्यसको व्यवस्थापन, सर्प संरक्षण समाजका आजीवन सदस्य सर्प संरक्षकर्मी केशवराज सापकोटाले आफ्ना अनुभव र सर्प संरक्षण समाजका सदस्य अभिषेक सापकोटाले कास्की र हेमजामा पाइने विभिन्न प्रजातिका सर्पहरुका बारेमा सहजीकरण गरेका थिए ।

उक्त कार्यक्रममा सम्पूर्ण हेमजावासीको तर्फबाट विगत ३५ वर्षदेखि वन्यजन्तुको अध्ययन, अनुसन्धान एवम् लाटोकोसेरो संरक्ष अभियानमा सक्रिया प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यलाई सम्मान गरिएको थियो ।

आचर्यलाई पोखरा महानगरपालिका प्रवक्ता तथा पोखरा—२५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले सम्मान पत्र, पोखरा महानगर पालिका कार्यपालिका सदस्य तथा पोखरा—२५ हेमजाकी वडा सदस्य धनकुमारी पोख्रेल तिम्सिनाले दोसल्ला, आदर्शमणि टोल विकास संस्थाका अध्यक्ष दानबहादुर भुजेल तथा अनुसन्धानकर्मी, सर्पसंरक्षकर्मी ऋषि बराल र सर्प संरक्षणकर्मी केशवराज सापकोटाले अबिर लगाएर सम्मान गरेका थिए ।

वेलायती राजकुमारी एनबाट हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट सम्मानित भएकोमा आचर्यलाई हेमजामा सम्मान गरिएको हो । आचार्यलाई लाटोकोसेरो संरक्षणमा पु¥याएको योगदानको कदर स्वरुप ५० हजार पाउन्डको राशि प्रदान गरिएको थियो ।

कार्यक्रममा वडाध्यक्ष तिम्सिनाले प्रकृतिमा रहेका हरेक जीवजन्तुको आ—आफ्नै महत्व रहने बताए । ‘वडाले सर्पसंरक्षकर्मीसँग सहकार्य गरेर पहिलो पटक फरक खालको कार्यक्रम गर्ने अवसर मिलेको छ,’ उनले भने, ‘समाजमा आवश्यकता तर ओझेलमा परेका यस्ता खालका कार्यक्रम प्रत्यक ठाँउमा हुनु पर्ने अहिलेको आवश्यकता हो ।’

कार्यक्रममा सम्मानित व्यक्तित्व प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले संरक्षणकै कार्यक्रममा आफू हेमजा सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै हरेक जीवजन्तुको संरक्षणको खाचो रहेको उल्लेख गरे ।

आर्दमणि टोल विकास संस्था हेमजाका अध्यक्ष दानबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रकाशचन्द्र सापकोटाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width