प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
govinda nepali

पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आम्दानी र खर्चको हिसाब नमिलेको बताएको थियो ।

एमाले संसदीय दलका उपनेता लीलबहादुर थापाले आम्दानी र खर्चको हिसावमा करिब ९६ करोड अपुग भएको औंल्याएका थिए । उनको भनाइपछि विशेष समय माग गरे प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले यसमा सरकारको उत्तर चाहियो भनेका थिए ।

त्यसलगत्तै सभामुखले सरकारको के छ तयारी भनेर सोधे । अनि अर्थमन्त्रीतिर पनि संकेत गरे । मुख्यमन्त्री र मन्त्रीहरु अलमलमा परे । के गर्ने के भन्ने जस्तो भयो । कांग्रेसकै सांसदहरु अर्थमन्त्रीले रोस्टममा गएर जवाफ दिनुपर्ने भन्दै संकेत गरिरहे । तर अर्थमन्त्री उठेर रोस्ट्रममा गएनन् ।

त्यसपछि सभामुख कृष्णप्रसाद धितालले सभा १० मिनेटका लागि स्थगित गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग