तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

आदर्श समाज सम्वाददाता
असार ६, २०८१
arjun

पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका छन् । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफको प्रतिस्पर्धामा रहेका उनी उपाधि जित्ने बन्ने दौडमा छन् ।

विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आएका उनी नेपाली खाना पस्कँदै प्रतिस्पर्धामा उत्रिएका हुन् । विजेतालाई २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिने छ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर दिइने जनाइएको छ ।

नेपालको पाँचतारे सोल्टी हुँदै स्वीट्जरल्यान्डको प्रख्यात तारेहोटलमा काम गर्न थापा हाल बेलायत बस्छन् । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो ।

अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ को उत्कृष्ट १० परेका उनी उपाधि जित्ने दौडमा छन् ।

प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ । झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनोट भएका उनी खानाका पारखीको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताउँछन् । ‘नेपालीको माया, साथ र भरोसाले अहिलेको अवस्थामा आइपुगेको छु, प्रतिस्पर्धामा उत्कृष्ट ५ मा पुग्नका लागि मलाई अझै धेरै भोट र हौसला जरुरी छ,’ थापाले भने ।

बेलायत तथा स्वीट्जरल्यान्डमा गरी १७ वर्ष विदेशमा एसियाली खान्कीमा जोड दिएका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि जितेका छन् । ४ दशकदेखि सेफमा कार्यरत थापाले नेपाली परम्परागत खानाको देश विदेशका प्रवद्र्धन र प्रचार गरी यसको विकासमा योगदान पु¥याएका छन् । नेपाल सेफ एसोसिएसनका संस्थापक सदस्य उनी हाल इन्टरनेसनल नेप्लिज सेफ सोसाइटी युकेका अध्यक्षसमेत हुन् ।

Related News

सम्बन्धित समाचार

  • रविलाई फेरि अदालत उपस्थित गराइँदै

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर न्यायिक हिरासतमा छन्…
  • हिमाली सांस्कृतिक परिवारलाई सिद्धि गौचन पुरस्कार

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ ।…
  • को होला मिस पोखरा ?

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । मिस पोखरा–२०२४ को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । पोखरा जेसिस आयोजना र इभेन्ट फर यूको सहकार्यमा…
  • जेठोबुढो जोगाउँदै पोखरा महानगर

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.बीच सम्झौता भएको छ । महानगरभित्र उत्पादन हुने कृषि उपज…
  • नेसपाले नाम फेर्ने, महाधिवेशन माघमा

    आदर्श समाज सम्वाददाता कार्तिक ७, २०८१
    पोखरा । नेपाल समाजवादी पार्टी (नेसपा) ले नाम फेर्ने निर्णय गरेको छ । सोमबार र मंगलबार पोखरामा भएको प्रथम विधान…

hero news full width

trending post

ट्रेन्डिङ्ग