‘नालामा जस्तै पानी बग्छ सडकमा’

आदर्श समाज सम्वाददाता
असार ९, २०८१
Pokhara ma sadak ma pani

पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो गरे । उनले पानी सडकबाट बग्दा दुर्घटनासमेत भोग्नुपरेको दुखेसो सुनाए । उनले गुनासो गरेअनुुसार वडा क्षेत्रमात्र होइन पोखराका अधिकांश क्षेत्रका नालाबाट पानी बग्दैनन् ।

बर्खाको समयमा वर्षात्सँग पोखराका सडकसडकमा पानी बग्छ र सडकमा हिँड्ने सवारी साधनदेखि पैदल यात्रीलाई यात्रा गर्न कठिन गराउँछ । सोही विषयमा बरालले वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बराललाई नालाको निकास खोज्न आग्रह गरेका हुन् । आर्थिक वर्ष २०८०/८१ को वार्षिक सार्वजनिक सुनुवाइमा बरालले सडकमा पानी बग्दा मानिससमेत बगाउने गरेको उनले दुखेसो पोखे । उनले नालामा फोहोरमैला अड्किएर पानी बग्न सकेको बताए ।

‘सडकमा पानीको भल बगेको छ । मोटरसाइकल पनि लडेको छ । स्कुटर पनि लडेको छ । मान्छे पनि बगाएको छ । के छ समस्या भने देखि सिद्धार्थ चोकदेखि तल सडकका नालाहरू सबै बन्द भएका छन् । नाला बन्द हुँदा पानी बाटोमा निस्कन्छ । अनि दुर्घटना हुन्छ,’ उनले भने ।

सार्वजनिक सुनुवाइमा वडाबासी कान्ति अधिकारीले वडा कार्यालयले टुक्रे योजना बनाउँदा बजेट हिनामिना भएको बताइन् । सिमान्तकृत र विपन्नलाई योजना छनोटमा सहभागी बनाउन उनले आग्रह गरिन् ।

प्रश्नको जवाफ दिँदै वडाध्यक्ष रुद्रनाथ बरालले नाला सफा गर्ने कुरामा आगामी वर्ष बजेटमा समावेश गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उपभोक्तामार्फत् आए बजेट समावेश गर्न पनि सहज हुने वडाध्यक्ष बरालले सुनाए । ‘यो झरीमा नाला बन्दै भइराख्छन् । अघिल्लो वर्ष बजेट नहुँदाखेरि हामीले गर्न सकेनौं । यो वर्ष त्यसलाई बजेटमा समावेश गर्ने प्रयास गरेका छौं,’ उनले भने ।

कार्यक्रममा सहभागीले केही कार्यक्रम वडा कार्यालयले समेटेर जानुपर्ने सुझाव व्यक्त गरे । कार्यक्रममा सहभागीको गुनासो समेटेर जाने वडाध्यक्ष बरालले प्रतिबद्धता व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग