घरमै पुगी ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०८१
Health pokhara

पोखरा । पोखरा महानगरपालिकाले ज्येष्ठ नागरिकलाई उनीहरूको घरमै पुगी स्वास्थ्य सेवा दिन प्रारम्भ गरेको छ । पोखरा–२५, हेमजा क्षेत्रमा आइतबारदेखि यो सेवा सुरु गरिएकोमा त्यसको प्रभावकारिताका आधारमा अन्य वडाहरूमा पनि क्रमश सेवा विस्तार गर्ने योजना महानगरको रहेको नगर प्रमुख धनराज आचार्यले बताए ।

सेवा शुभारम्भ गर्दै नगर प्रमुख आचार्यले जनताको स्वास्थ्यप्रति महानगर चनाखो रहेको सुनाउँदै आफ्नो स्वास्थ्यप्रति ख्याल राख्न नागरिकलाई सुझाव दिए । हेमजामा बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै डाक्टरसहितको स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्ने महानगरले निर्णय गरेको स्पष्ट पार्दै नगर प्रमुख आचार्यले अब छिट्टै नै कर्मचारीको विज्ञापन हुने र सो सेवा प्रारम्भ गरिने विश्वास दिलाए ।

‘हामीले धेरै काम हेमजाबाट सुरु गरेका छौं, नगर प्रमुख, उपप्रमुख पछि वरियताअनुसार प्रवक्ता हेमजाकै हुनुहुन्छ,’ उनले भने, ‘विकास निर्माणका काममा निकास दिनु सबैभन्दा ठूलो कुरा हो ।’

वडाले उक्त कार्यक्रमलाई वडा नागरिक आरोग्य कार्यक्रम भनेको छ । जसअन्तर्गत ७० वर्षमाथिका तथा जुनसुकै उमेर समूहका दीर्घरोगी नागरिकको घरमै पुगी रक्तचाप, नाडीको चाल, श्वासप्रश्वास, जण्डिस, अक्सिजनको मात्रा, मधुमेह, तौललगायत जाँच गरिनेछ । त्यसका साथै उनीहरूले खाइरहेको औषधी, नियमित खानपान पनि ठिक छ कि छैन भनेर पनि परीक्षण गरिनेछ ।

हेमजामा बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै डाक्टरसहितको स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गर्ने महानगरको निर्णय

ज्येष्ठ नागरिकलाई नसर्ने रोगका बारेमा जानकारी, त्यसका प्रमुख कारक तŒव, जीवनशैली सुधारमा ऐक्यबद्धता, पारिवारिक तथा सामाजिक समर्थनका लागि परामर्श पनि प्रदान गरिने पोखरा महानगर प्रवक्तासमेत रहेका पोखरा २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिए ।

उनले अहिले हेमजामा १० देखि १५ दिनसम्म यो कार्यक्रम सञ्चालन हुने स्पष्ट पारे । उनले भने, ‘यो स्वास्थ्य क्षेत्रको महŒवपूर्ण कार्यक्रम हो । सबै मिली यसको प्रभावकारिता बढाउनु पर्दछ । पूर्ण खोप र दिगोपना घोषणलाई पनि निरन्तरता दिनुपर्ने उनको धारणा छ ।

स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले कार्यक्रम स्वास्थ्य क्षेत्रको महŒवपूर्ण फड्को भएको जनाउँदै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । स्वास्थ हुन पाउनु हरेक नागरिकको अधिकार हो त्यसप्रति राज्य अनि स्वयं नागरिक पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।

कार्यपालिका सदस्य धना तिम्सिनाले हरेक हिसाबले हेमजा अगाडि रहेको दाबी गर्दै जनताका अपेक्षाअनुसार कार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पारिन् ।

हेमजा स्वास्थ्य चौकी प्रमुख कुस्मराज सुवेदीले वडावासीको साथ सहयोगबाट कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्दै ३ कलस्टरमा स्वास्थ्यकर्मी खटाई कार्यक्रम सम्पन्न गरिने जानकारी दिए । उनले सहजताका लागि याम्दीदेखि लामाचौतारा, सापकोटाचोकदेखि फेदी तथा लाम्पाटादेखि चाक्लेकुला हुँदै झिझिर्कासम्म क्षेत्र विभाजन गरिएको स्पष्ट पारे ।
यो सेवा दिन महानगरपालिकाले वडागत रुपमा ज्येष्ठ नागरिक तथा दीर्घरोगीको सर्वेक्षण थालेको छ । पहिलो चरणमा सेवा दिइएका वडामा नियमित परीक्षण गर्ने र कतिपय अवस्थामा घुम्ती शिविर सञ्चालन गर्ने सोच पनि महानगरपालिकाको छ ।

हेमजामा ज्येष्ठ नागरिक र दीर्घरोगीको संख्या कुल ४ सय ८५ छ भने समग्र पोखरा महानगरपालिका क्षेत्र भर करिब २२ हजार ५ सय रहेको अनुमान छ ।
कार्यक्रमअन्तर्गत आइतवार पहिलो दिन हेमजाका ज्येष्ठ नागरिक तथा दीर्घरोगी गरी कुल ७१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width