गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद उपाध्याय

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०८०
Photo-Madhav-Sir-414×430

पोखरा ।  गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी पदमा माधवप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ ।

बुधवार बसेको सञ्चालक समितिको ३०४ औँ बैठकले उपाध्यायलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ वैशाख १ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।

बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको पद यही चैत मसान्तसम्म समाप्त हुने भएसंगै २०८१ वैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायब प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको सञ्चालक समितिले जनाएको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त उपाध्यायले व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेका छन् ।

उपाध्याय सोही बैंकमा स्थापनाकालदेखि कार्यरत छन् । विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर काम गरेको उनीसंगै बैंकिङ क्षेत्रको राम्रो अनुुभव छ । उनले बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक शिक्षण पेशामा संलग्न भएर काम गरेका थिए ।

सञ्चालक समितिको बैठकले सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत १५ गतेदेखि लागु हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width