पोखरा । ग्राहकहरुमाझ लोकप्रिय विद्युतीय सवारी साधन ११ सिटर सिजी केवाइसी भ्यान, १४, १६ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता सिजी मोटर्सले ग्राहकहरुको सहजताका लागि पोखराको नयाँ बजारमा सोरुमको खोलेको छ ।
टिटी ग्लोबलको नामबाट सुरु गरिएको सोरुम सिजी मोटर्सको डिलरसिप मोडेलमा रहेको छ। शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि सर्भिस स्टेसन पनि पोखराको नयाँबजारमा सन्चालनमा आएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शोरुम सञ्चालन आएसँगै गाडी खरिद गर्ने र यसप्रति चासो राख्नेहरु अत्यधिक रहेको कम्पनीको दाबी छ ।
शोरुमको अनावरण यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्याल, सिजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे, साथै टिटी ग्लोबलका सञ्चालक प्रमेश पराजुली, डिल्लीराज सुवदी (शिशिर) ले संयुक्तरुपमा गरेका छन् । साथै शुक्रबार साँझ एक विशेष कार्यक्रम समेत कम्पनीले गरेको छ । उक्त अवसरमा पोखरा महानगरका मेयर धनराज आचार्यले अबको समय विद्युतीय गाडीको नै रहेको भन्दै वातावरणीय सन्तुलन र विद्युतको खपतका लागि पनि यो जरुरी रहेको बताए ।
पोखरालाई सफा, सुन्दर र हराभरा बनाउन सवैपक्षको सहयोग आवश्यक रहेको भन्दै उनले पर्यटकीय राजधानीलाई पर्यटक मैत्री बनाउने अभियानमा साथ दिन आग्रह गरे । उक्त अवससरमा यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्याल, सिजी मोटर्सका महाप्रबन्धक दिनेश पाण्डे र सञ्चालकद्वयले विद्युतीय गाडीको प्रयोग र महत्वका बारेमा भनाइ राखेका थिए । कार्यक्रममा उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी, समाजसेवी, सञ्चारकर्मी लगायतको बाक्लो सहभागिता थियो ।
सिजी मोटर्सले पोखराका लागि टिटी ग्लोबललाई अधिकारिक डिलर्सिप दिँदै पोखरामा सरलरुपमा इभि गाडीहरुको बिक्री बितरण पनि सुरु गरेको छ । सिजी मोटर्सले बिक्री गर्ने नेटा भी हाल इभी पारखीहरुमाझ लोकप्रिय छ । मुख्यतया यसको मूल्य तथा यसले दिने सुविधाहरु तथा ३ सय ८० किमिको रेन्जले गर्दा नेटा भी ग्राहकहरुको पहिलो रोजाइका रुपमा स्थापित भएको छ ।
१७० मि मि को ग्रोउन्ड किलिरेनश भएको नेटा भि मा ८ बर्ष अथवा १ लाख ५० हजार किमीको वारेन्टी छ। साथै नेपालको सर्वाधिक बिक्रीहुने हेभि भ्यान सिजी केवाइसी तथा किलोङ सहज र सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ । ३९ देखि ७८ लाख रुपैयाँसम्म पर्ने विभिन्न मोडेल र ब्रान्डका गाडीहरु टिटी ग्लोबलले ल्याएको छ ।
हाल नेपालभर १ सय २० भन्दा धेरै स्थान हरुमा चार्जिङ सेवा दिँदै आइरहेको र थप ५० ठाउँमा चार्जिङ सुबिधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
स्क्वायर मोटर्सको ‘टिभिएस आईक्युब’ एक्सचेञ्ज मेला
भरतपुरमा सुजुकी मोटर्सको शोरुम
पोखराबाट अथर स्कुटरको बिक्री सुरु
अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल
पोखरामा देशकै ठूलो अटो मेला
hero news full width
मुख्य समाचार
पाल्पाली बहुउद्देश्यीय सहकारीको छैटौं साधारणसभा
‘सराङकोट धार्मिक पर्यटकीय गन्तव्य’
भाद्र २९, २०८१पोउवा संघ चुनाव आज : अध्यक्षमा पोखरेल र कार्की प्रतिस्पर्धी
भाद्र २९, २०८१लक्ष्मी विद्या पदक प्रदान
भाद्र २८, २०८१विमला भण्डारी बनिन् गण्डकीको पहिलो प्रेस रजिष्ट्रार
भाद्र २८, २०८१‘रमाउन नसक्नेले राजनीति नगर्नू’
भाद्र २८, २०८१