कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
2nd periodic plan

पोखरा । सर्वोच्चको आदेशले कामचलाउ बनेको खगराज अधिकारी नेतृत्वको सरकारले दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र परिमार्जन गरेको छ । परिमार्जित आधारपत्र मन्त्रिपरिषदबाट पारित गराएर मंगलबार आयोगका अध्यक्ष समेत रहेका मुखयमन्त्री अधिकारीले सार्वजनिक गरेका छन् ।

संविधानले लक्ष्य गरेको समाजवाद उन्मुख अर्थतन्त्रलाई अवलम्बन नगरिएको र १६ पञ्च वर्षीय योजनासँग तालमेल नमिलेकाले यसअघि सार्वजनिक गरिएको आधारपत्र परिमार्जन गरिएको मुख्यमन्त्री अधिकारीले बताए । उनका अनुसार राष्ट्रिय योजना आयोगले प्रदेशलाई परिपत्र गरी १४ वटा विषयगत क्षेत्र निर्धारण गरी योजना बनाउन निर्देश गरे पनि त्यसलाई अवलम्बन नगरेको पाइएकाले आधारपत्र परिमार्जन गरिएको हो । मुख्यमन्त्री अधिकारीले भने, ‘गरिबी न्यूनीकरण, समतामूलक समाज स्थापना र स्थानीय आर्थिक विकासलाई आधारपत्रले समेटेको रहेनछ, हामीले दिनको १८ घन्टाभन्दा बढी काम गरेर यसमा परिमार्जन गरेका छौं ।’

अघिल्लो सरकारले सहयोग लिएका विज्ञलाई समेत बोलाएर आधारपत्र पुनर्लेखन गरिएको उनको भनाइ थियो । क्षेत्रगत आधारलाई भन्दा यसपालि विषयगत आधारलाई प्राथमिकता दिइएको मुख्यमन्त्री अधिकारीले बताए । उनका अनुसार रणनीति र कार्यक्रमहरु प्रदेश विकास परिषद्को बैठकको मार्गदर्शन अनुसार परिमार्जन गर्न सकिने उनको भनाइ थियो ।

अधिकारी सरकारले पाण्डे सरकारले तय गरेको सोच र उद्देश्य नै फेरिदिएको छ । पाण्डे सरकारले सार्वजनिक गरेको आधारपत्रमा ‘आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशवासी’ को सोच हासिल गर्न उत्पादकत्व वृद्धि, सामाजिक न्याय र समुन्नतिलाई प्रादेशिक लक्ष्य निर्धारण गरिएको थियो । तर अहिले अधिकारी सरकारले समाजवादउन्मुख स्वतन्त्र, आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्यलाई सार्थकता प्रदान गर्न ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ लाई दोस्रो पञ्चवर्षीय योजनाको सोच तय गरेको छ ।

प्रादेशिक समष्टिगत रणनीति र विकास तथा रुपान्तरणका प्राथमिक क्षेत्रका शीर्षकमा फेरबदल नगरिए पनि त्यसभित्रको भाषा भने परिमार्जन गरिएको छ ।

उद्देश्यमा पनि अधिकारी भाषा तलमाथि पारेको छ । आर्थिक वृद्धि एवं विकासका लाभको समतामूलक र न्यायोचित वितरणमार्फत् समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुलाई पहिलो उद्देश्यमा राखिएको छ । यसैगरी मानव पुँजी निर्माण, गुणस्तरीय पूर्वाधारको विकास एवं उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध प्रदेशको आधारशीला निर्माण गर्नुलाई अधिकारीले सरकारले दोस्रो उद्देश्यमा समेटेको छ । तेस्रो उद्देश्य गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा प्रदेशवासीको सहज पहुँच र सुशासन अभिवृद्धि गर्नु छ । पाण्डे सरकारले यिनै ३ बुँदालाई अलि छोटोमा लेखेको थियो ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खतिवडाले शिक्षा, स्वास्थ्य, लैंगिक समानता, सामाजिक समावेशीताको क्षेत्रमा समेत केही परिमार्जन गरिएको बताए । यस्तै नमिलेका १०÷१२ ठाउँ पहिल्याएर आधारपत्र परिमार्जन गरिएको डा. खतिवडाले जानकारी दिए । असार १ मा बजेट ल्याउनै पर्ने, दोस्रो आवधिक योजनाको सुरु पनि साउन १ गतेबाट हुने भएकाले त्यसै अनुसार तालमेल मिलाउन आफूहरुले काम गरिरहेको उपाध्यक्ष खतिवडाले सुनाए ।

अघिल्लो सरकारले आधारपत्रमा उल्लेख गरेका सबै कार्यक्रम र तथ्यांकहरु अहिले हटाइएको छ । आधारपत्रमा कार्यक्रम र तथ्यांक दिने प्रचलन नभएको भन्दै उनले प्रदेश विकास परिषद्को बैठकमा मात्रै कार्यक्रम प्रस्ताव गरिने बताए । उनले भने, ‘परिषद्को बैठकबाट रणनीति पारित भएपछि मात्रै कुन जिल्लाबाट के लिने भनेर नीति तय गर्ने हो, त्यसपछि मात्रै कार्यक्रममा जाने हो ।’ गण्डकीका ११ वटै जिल्ला समेट्ने गरी कार्यक्रम समेटेर अगाडि बढिने उनको भनाइ थियो । राजनीति नेतृत्वको ‘भिजन’ कार्यान्वयन गर्नुपर्ने दायित्व आफ्नो भएकाले त्यसै अनुसार काम गरेको उपाध्यक्ष डा. खतिवडाले बताए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width