चक्रदेवी सहकारीमा तोडफोड, ९ पक्राउ

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
chakradevi sahakari

पोखरा । पोखराको शिशुवास्थित चक्रदेवी सहकारी संस्थाको कार्यालयमा तोडफोड तथा कर्मचारीमाथि हातपात भएको छ । उक्त अभियोगमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो २ बजे पोखरा ३०, शिशुवास्थित चक्रदेवी सहकारीमा एक समूहले तोडफोड गर्नका साथै कर्मचारीमाथि हातपात, कागजपत्र हिनामिना, टेलिफोन तथा नेटको तार समेतमा क्षति पुर्‍याएका थिए ।

उक्त घटनापछि तत्काल इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली खटिएको थियो ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ का वर्ष ३६ का प्रकाश बिक, झापाको भद्रपुर ३ का वर्ष ४० का राजीव प्रसाईं, पोखरा २७, लेखनाथका वर्ष ४२ का गणेश शाही, सोही ठाउँका वर्ष २९ का समीन बिक, वर्ष २७ का संजीव सुनार, वर्ष ५२ का यमबहादुर चौरेली, वर्ष ४९ की कृष्णकुमारी चौरेली, रुपन्देहीकी वर्ष ४७ की कमला चन्द र नवलपरासी घर बताउने वर्ष ४२ की विष्णु बोहरा छन् ।

उक्त घटनाको अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताए ।

बुधबार अमरसिंहचौरमा हुने दुर्गा प्रसाईंको कार्यक्रमको प्रचारमा आएको व्यक्तिको एक समूह नै सहकारी तोडफोडमा संलग्न भएको सहकारी कर्मचारीहरु बताउँछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width