विरहीलाई कृति स्मृति पत्रकारिता वृत्ति र सिग्देललाई आर्थिक पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
prizee

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारद्वय हरिहर विरही र श्रीराम सिग्देललाई पुरस्कृत गर्ने भएको छ । महासंघका पूर्व केन्द्रीय अध्यक्ष विरही ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान–२०८०’ र महासंघ कास्की सहसचिव श्रीराम सिग्देल ‘आर्थिक पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत हुन लागेका हुन् ।

पुरस्कार छनोट समितिले उनीहरुको नाम सिफारिस गरेकोमा महासंघ कास्कीको कार्यसमिति बैठकले अनुमोदन गरेको अध्यक्ष विमला भण्डारीले बताइन् ।

पूर्व सांसद समेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएमा महासंघ कास्कीले पुरस्कार सञ्चालन गर्दै आएको छ । पुरस्कार राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ । सो पुरस्कारका लागि माधव शर्माको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । सदस्यमा कृष्णप्रसाद बास्तोला र रवीन्द्र बास्ताेला थिए ।

महासंघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारको राशि २० हजार र सम्मानपत्र छ । प्रतिभा छनोटका लागि नवराज सुवेदी संयोजककत्वमा समिति गठन गरिएको थियो । सदस्यमा टंक अधिकारी र दीपेन्द्र श्रेष्ठ थिए ।

२०५४ सालदेखि आदर्श समाजबाट पत्रकारिता सुरु गरेका सिग्देल पोखराका पुराना पत्रकार हुन् । उनी हाल फेवा पोष्ट साप्ताहिक र फेवापोष्ट खबर डटकमका सहसम्पादक छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक सिग्देल समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

महासंघ कास्कीको यही १२ जेठमा प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा हुने १७ औं वार्षिक साधारण सभा अवसरमा पुरस्कृत गरिने महासंघका शाखा सचिव माधव बरालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width