राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण प्रतिवेदन सार्वजनिक

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
Jalabayu Data Photo

पोखरा । राष्ट्रिय तथ्यांक कार्यालयबाट सञ्चालन भएको राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण प्रतिवेदन मंगलबार पोखरामा सार्वजनिक गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक प्रमोदराज रेग्मीले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेका हुन् । २०७९ माघदेखि २०८० असारसम्म सर्वेक्षण गरी अन्तिम रुप दिएर अहिले सार्वजनिक गरिएको उनले जानकारी दिए । २०१६ मा पहिलो पटक गरिएको सर्वेक्षण यो दोस्रो संस्करण रहेको उनले जानकारी दिए । परिवारमा जलवायु परिवर्तनको ज्ञानका बारेमा जानकारी लिनु नै यसको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।

२०७९ माघदेखि २०८० असारसम्म सर्वेक्षण गरी अन्तिम रुप दिएर अहिले सार्वजनिक गरिएको

‘यो दोस्रो पारिपारिक सर्वेक्षण हो । कार्यालयबाट भएको सर्वेक्षणले मुलतः परिवारमा जलवायु परिवर्तनको ज्ञान कस्तो छ । उहाँहरूले यसलाई कसरी हेरिरहनु भएको छ,’ उनले भने, ‘जलवायु परिवर्तनले कस्तो असर गरिरहेको छ । जीवनस्तर र दैनिकीमा कस्तो प्रभाव परिरहेको भन्ने बारेमा सूचना संकलन मुख्य उद्देश्य रहेको थियो ।’ यसले जलवायुजन्य प्रकोपको असर र यसबाट जोगिनका लागि गरिएको उपाय संकलन गरिएको उनले सुनाए ।

तथ्यांकका आधारमा तीनै तहको सरकार र सरोकारवाला निकायहरूलाई जलवायु परिर्वतनबारे ज्ञान लिने र त्यहीअनुसार कार्यक्रम बनाउन उपयोगी हुने उनले बताए । ‘सन् २०१६ मा हामीले अनुभवमात्र सोधेका थियौं । अहिले विगतका ५ वर्षमा जलवायु परिवर्तनका कारण कति क्षति भनेर सोधेका छौं,’ उनले भने, ‘हामीले क्षतिको विवरण नै पाएका छौं । क्षतिको विवरणबारेमा विश्वका क्लाइमेट चेन्जको फोरममा नेपालले अब नेपालले आफ्नो दाबी पेस गर्न सजिलो हुने देखिन्छ ।’

Related News

सम्बन्धित समाचार

  • लमजुङमा पहिरोमा बेपत्ता वृद्धको शव भेटियो

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    लमजुङ।  लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता…
  • ‘नालामा जस्तै पानी बग्छ सडकमा’

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षात्को समयमा बाटो हिँड्न कठिन भएको गुनासो…
  • मलेसियामा पोखराको प्रचार

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा, ६ असार । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ । पोखराको पर्यटन…
  • तनहुँका अर्जुन संसारका १० उत्कृष्ट सेफ

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । नेपाली सेफ अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ) मा उत्कृष्ट १० भित्र पर्न सफल भएका…
  • प्रतिपक्षले बजेटको हिसाब मागेपछि संसद बैठक स्थगित

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको बैठक बिहीबार केहीबेरका लागि स्थगित भएको छ । आजबाट बजेटमाथि छलफल सुरु भएको छ ।…

hero news full width