पोखरा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखाका एसएसपी सानुराम भट्टराईको नेतृत्वको टोलीले सिरोहियालाई मंगलबार कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय, थापाथलीबाट नियन्त्रणमा लिएको हो।
सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। त्यही जाहेरीका आधारमा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले उनीविरुद्ध पुर्जी जारी गर्न आदेश दिएको थियो।
सिरोहियाले विज्ञप्ति जारी गरी सहकारी ठगी प्रकरणमा नाम जोडिएका लामिछानेले सहकारी ठगीसम्बन्धी समाचार रोकाउन र मूल मुद्दालाई विषयान्तर गर्न आफूविरुद्ध उजुरी गर्न लगाएर सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गरिएको बताएका थिए। उनले यसअघि पनि आफूले कुनै गलत कार्य नगरेको दाबी गरेका थिए। सिरोहियालाई धनुषा लैजाने तयारी छ।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१