गीताञ्जली साहित्य परिवारको साधना प्रभात

आदर्श समाज सम्वाददाता
जेठ ८, २०८१
geetanjali

पोखरा । गीताञ्जली साहित्य परिवारको २५७ औं साधना प्रभात एवं नियमित रचना कार्यक्रम सम्पन्न भएको छ । साहित्यका विभिन्न विधा कविता, गजल, मुक्तक, लघुकथा माध्यमबाट समाजलाई सकारात्मक सदेश दिने उद्देश्यका साथ सञ्चालित कार्यक्रममा सबै उमेर समूहका साहित्यकारको उपस्थिति थियो ।

कार्यक्रममा कवि एवं साहित्यकार धर्मराज पौडेल ‘अल्पायु’, गोविन्दप्रसाद पराजुली, विष्णुप्रसाद पराजुली, गंगाप्रसाद सुवेदी, ढुण्डिराज ज्ञवाली, रुद्रबहादुर थापा, शंकर ज्ञवाली, विष्णु कार्की, नारायणप्रसाद गौतम, ऋषिकेश बराल, राजेन्द्र भण्डारी, नरेन्द्र रानाभाट, भानु भण्डारी ‘क्षितिज’ ले समय सान्दर्भिक रचना वाचन गरेको परिवारका सचिव कवि एवं साहित्यकार नरेन्द्र रानाभाटले बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कृष्णप्रसाद पौडेल प्रभात नायक रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष धर्मराज अल्पायुले स्वागत मन्तव्य व्यक्त गरेका थिए । समिति अध्यक्ष भानु भण्डारी ‘क्षितिज’ को अध्यक्षतामा भएको कार्यक्रमलाई परिवारका सचिव कवि एवं साहित्यकार नरेन्द्र रानाभाटले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • श्रीकृष्ण प्रणामीमा प्रवचन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा बिहीबारदेखि एकमहिने श्रीमद्वीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । गण्डकी…
  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…

hero news full width