पोखरा ।यस वर्षको अक्षरयात्रा प्रतिभा पुरस्कार युवा साहित्यकार सञ्जीव पौडेललाई प्रदान गरिने भएको छ । गजल सन्ध्या पोखरा तथा नवनीत साहित्य सागरद्वारा संयुक्त रूपमा सञ्चालित अक्षर यात्रामा संलग्न भई साहित्य सिर्जनामा निरन्तर लाग्ने स्रष्टामध्येबाट यो पुरस्कार प्रदान गरिन्छ । हरेक महिनाको तेस्रो शनिवार अक्षर यात्रा कार्यक्रम गर्ने गरिएको छ ।
साहित्यकार तथा अक्षर यात्राका परिकल्पनाकार प्रकट पगेनी ‘शिव’को संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रतिभा छनोट समितिमा साहित्यकार दीपक समीप, आयोजक संस्थाका अध्यक्षद्वय लक्ष्मण थापा र मोहन भण्डारी सदस्य थिए । यसअघि सो पुरस्कारबाट प्रकाश ज्ञवाली, रूपिन्द्र प्रभावी, कपिल शर्मा, सरला लामिछाने ‘सरू’, जीवनसागर भण्डारी, सुरज उपाध्यायलगायतका स्रष्टा पुरस्कृत भइसकेको नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले जानकारी दिए । पुरस्कारको राशि नगद रु. पाँच हजार पाँच सय ५५ रहेको छ ।
युवा साहित्यकारद्वय गोविन्द गिरी र कृष्ण देवकोटाले युवा साहित्यकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले वि.सं. २०६५ मा पुरस्कारको स्थापना गरेका थिए । अक्षरयात्राको १७५ औँ शृङ्खलाको अवसर पारेर आगामि फागुन तेस्रो शनिवार कास्की जिल्लाको रूपा गाउँपालिका ७, हंसपुरमा एक कार्यक्रमबीच सो पुरस्कार प्रदान गरिने छ । रूपा गाउँपालिका वडा नं. ७ स्थायी घर भएका पौडेल विगत दुई दशकदेखि पोखरामा रहेर साहित्य सिर्जना तथा अखबारी लेखनमा समेत सक्रिय छन् । पेशाले शिक्षक उनी फुर्सदको समय साहित्य सिर्जना तथा सामाजिक काममा सक्रिय छन् । हालसम्म उनको ‘यानी’ नामक मुक्तक सङ्ग्रह प्रकाशित छ । विभिन्न पत्रपत्रिकामा उनका दर्जनौ लेख प्रकाशित छन् ।
‘जीवन र जगत्को यथार्थ वोधका लागि अक्षरयात्रा’ नारा दिएर प्रत्येक महिनाको तेस्रो शनिवार विभिन्न ठाउँमा तदस्थानीय रचना लेख्ने र सुनाउने यस कार्यक्रमको विशेषता रहेको छ । कोरा कल्पनाभन्दा माथि उठेर यथार्थको निकट रही साहित्य रचना गर्नुपर्छ भन्ने मान्यतालाई यस यात्राले मुख्य रूपमा जोड दिँदै आएको छ । साहित्यिक पर्यटन यसको अर्को मुख्य उद्देश्य रहेको र विविध ठाउँका स्थानीय विशेषतालाई साहित्यिक रचनामा समेटेर प्रचारप्रसारमा समेत टेवा पु¥याउँदै आएको गजल सन्ध्याका अध्यक्ष मोहन भण्डारीले बताए ।
Related News
सम्बन्धित समाचार
डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१