महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
Mahendrapool Club Photo

पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता ३ दिनसम्म चल्ने आइतबार पत्रकार सम्मेलनमा क्लब अध्यक्ष आनन्दकुमार तझ्या (काजी) ले जानकारी दिए ।

पोखरा वडा कार्यालय ९ को सहयोगमा हुने प्रतियोगितामा विजेतालाई ४० हजार, उपविजेतालाई २५ हजारको साथमा सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने उनले बताए । करिब २० टिमले भाग लिने प्रतियोगितामा कास्कीसहित पर्वत, म्याग्दी, बागलुङ लगायतबाट केही टिम दर्ता भएको प्रतियोगिता संयोजक सेजोल जोजिजुले बताए ।

२०३४ सालमा स्थापित क्लब डेढ दशकजसो समय सुषुप्त अवस्थामा थियो । क्लबले निरन्तर खेलकुद सहित सामाजिक कार्यक्रम गर्दै जाने भएको सचिव राजु कायस्थले बताए । क्लब सल्लाहकार विद्या मर्सानीले अब यस क्लबका सदस्य एक भई सामाजिक कार्यमा निरन्तर लाग्नुपर्नेमा जोड दिए । बक्सिङका खेलाडी बुद्ध गुभाजुले मैदान अभावले गर्दा क्लबले आफ्नो खेलकुद गतिविधि अघि बढाउन नसकेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width