फिस्टेल एसइई कपमा पहिलो दिन १६ खेल

आदर्श समाज सम्वाददाता
जेठ ६, २०८१
fishtail

पोखरा । फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटनपूर्व नै १६ खेल सम्पन्न भएका छन् । एसइई २०८० मा सम्मिलित भएका छात्रका बीचमा भएको यस खेलमा पोखराका जम्मा ३३ विद्यालयले सहभागिता जनाएका छन् । यस खेलको औपचारिक उद्घाटन भने भोलि सोमबार हुनेभएको छ ।

माघ ५ गते शनिबार सम्पन्न सेभेन ए साइड फुटबलतर्फको पहिलो खेलमा हिमालयन बोर्डङ स्कुलका विरुद्ध कालिका माविले ८–१ को विशाल जीत हात पा¥यो । यस्तै दोस्रो खेलमा छोरेपाटन माविलाई ३–१ गोलअन्तरमा पोखरा पब्लिक माविले पराजित ग¥यो । तेस्रो खेलमा ढुंगेसाँघु माविले सैनिक महाविद्यालयलाई २–० ले पराजित गर्दा चौथो खेलमा डायमन्डलाई पेनाल्टी सुट आउटमा न्यु लेखनाथले पराजित गर्‍यो । यस्तै पाँचौं खेलमा शिशुनिकेतनले बेसलाइनलाई १–० ले पराजित गर्दा छैटौं खेलमा जनप्रिय माविले हिमाञ्चललाई २–१ ले पराजित गर्‍यो ।

आइतबार १० खेलहरू सम्पन्न भएका छन् । आइतबार सम्पन्न खेलमा बालोदय माविले बालमन्दिर माविलाई ३–१ गोल अन्तरले पराजित गर्दा जनप्रिय माविलाई ३–१ ले पराजित गर्दै शान्ति निकुन्ज मावि अगाडि बढेको छ । यसै गरी लिटिल फ्लावर माविले शुव्रmराज माविलाई १–० ले पराजित गर्दा नेसनल इन्भेन्टिभले अमरसिंहलाई २–१ ले पराजित ग¥यो । एलपी देवकोटाले जेसिएलाई १–० ले पराजित गर्दा भद्रकालीले गण्डकी बोर्डिङलाई २–० ले पराजित गर्‍यो ।

रेन्बो एकेडेमी र मेरीगोल्ड माविबीच भएको खेलमा ६–२ ले रेन्बो विजयी भयो । यस्तै वेलनन एकेडेमीले हिल पोइन्टलाई १–० ले पाखा लगायो भने विद्यानिकेतनले पेनाल्टी सुट आउटमा मदरल्यान्डमाथि कब्जा जमायो । आइतबार भएको अन्तिम खेलमा फिस्टेल एकेडेमीले साइनिङ स्टारमाथि २–१ को विजय हात पार्‍यो ।

एसइई कप २०८१ को औपचारिक उद्घाटन सोमबार हुने र विजेता तथा उपविजेताले व्रmमशः १५ हजार र १० हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width