फिल्म ‘लण्डन टु पेरिस’ को ‘चाहन्छु यो माया’ गीत सार्वजनिक

आदर्श समाज सम्वाददाता
जेठ ६, २०८१
421995251_766618195459824_1495602032477832470_n

पोखरा । आगामी २५ जेठदेखि रिलिज हुन लागेको फिल्म ‘लण्डन टु पेरिस’ को दोस्रो गीत ‘चाहन्छु यो माया’ सार्वजनिक भएको छ । पोखरेली घनश्याम लामिछाने निर्देशित यो फिल्मको रोमान्टिक गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा साम्राज्ञी मुख्य कलाकार साम्राज्ञी शाह, निश्चल खड्का र गरिमा शर्मालाई फिचर्ड गरिएको छ ।

एसडी योगीको संगीत, राम अविरल विष्टको शब्द, योगी र नभिता पौडेलको आवाज रहेको गीतका लागि खिचिएका दृश्यले दर्शकलाई रोमाञ्चक बनाउँछ ।

प्रदीप भारद्वाजको पटकथा तथा संवाद रहेको फिल्म यात्राको क्रममा हुने प्रेम यसको कथावस्तु हो । फिल्ममा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको पनि अभिनय छ ।

फिल्ममा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य छ । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्मको निर्माण अमित बस्नेतले गरेका हुन् । जसमा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् । सनिश खकुरेल र अजित केआर थापा सहनिर्माता हुन् । अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता हुन् ।

केही महिना अघि लामिछाने निर्देशित ‘चित्रा’ आएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width