वडास्तरीय बुद्धिचालमा एकराज प्रथम

आदर्श समाज सम्वाददाता
जेठ ६, २०८१
Chesss

पोखरा । पोखरा महानगर पालिका वडा नम्बर ६ स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराज अधिकारीले जितेका छन् । शनिबार भएको प्रतियोगितामा ४.५ अंक ल्याइ उनी प्रथम भए । उनले नगद ७ हजार ५ सय रुपैयाँ, प्रमाण पत्र र मेडल हात पारे ।

५२ जना प्रतिस्पर्धी सहभागी प्रतियोगिता ‘ल अफ फिडेको’ अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइको थियो । बेस्ट अफ फाइभका आधारमा गरिको, प्रतियोगितामा उत्तम पहारी, किरण रञ्जित, सुनिलबहादुर कोइराला र सुक प्रधानले चिफ आर्बिटरको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा ४.५ अंक ल्याइ धमेन्द्र गिरी द्रोस्रो र ४ अंक ल्याइ सुुनिल श्रेष्ठ तेस्रो भएका थिए । क्रमशः उनीहरुलाई नगद ५ हजार २ सय ५० र ३ हजार ७ सय ५० रुपैयाँसहित प्रमाण पत्र र मेडल प्रदान गरिको थियो ।

१५ वर्ष मुनिका बाबुतर्फ किस्मत जिसी प्रथम, लक्ष्य शाक्य दोस्रो र उज्ज्वल पहारी तेस्रो भए । नानीतर्फ सविना पोखरेल प्रथम र सुभेक्षा शाक्य दोस्रो र रस्मिता गुरुङ तेस्रो भए ।
तालवाराही भूपू विद्यार्थी एसोसियसन पोखरा ६ बैदामको आयोजना, पोखरा महानगर पालिका वडा नम्बर ६ को आर्थिक सहयोग र कास्की जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो ।

पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले प्रतियोगिता उद्घाटन गरे । भट्टराईले पोखरालाई पर्यटकीय राजधानीसँगै खेलकुदको राजधानी बनाउनेतर्फ सबै पोखरेली लाग्नु पर्नेमा जोड दिए ।

तालवाराही माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद न्यौपानेले विद्यार्थी एसोसियसनले विद्यालयका हरेक कार्यक्रममा सहभागिता जनाउँदै आएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रमका संयोजक राष्ट्रिय रेफ्री तथा बुद्धिचाल संघका केन्द्रीय सदस्य महेश्वर अधिकारीले बुद्धिचाल खेल बलभन्दा पनि दिमागले खेल्ने खेल भएको भन्दै खेलका नियम र मापदण्डका बारेमा प्रकाश पारे ।

विद्यार्थी एसोसियसनका कार्यवाहक अध्यक्ष खीमलाल पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य गणेशराज पहारी स्वागत र सहससचिव ज्ञानेन्द्रराज कोइरालाले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width