बड्स एकेडेमीमा सदन विभाजन

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
buds

पोखरा । पोखरा–६, बैदामस्थित बड्स एकेडेमीले सदन विभाजन गरेको छ । कार्यक्रममा कक्षा २ देखि १० सम्मका सम्पूर्ण विद्यार्थीलाई रातो, हरियो, पहेंलो र नीलो सदनमा विभाजन गरी हाउस क्याप्टेन तथा भाइस क्याप्टेन चयन गरियो ।

स्कुल क्याप्टेनमा पूर्णिमा वाग्ले (१०) र भाइसमा विज्ञान शर्मा (८) चयन भए ।

त्यसैगरी, स्कुल काउन्सिल इन्फरमेसन अन्तर्गत १९ सदस्यीय कार्यसमिति निर्माण गरी सुष्मा खत्री (१०) ले अध्यक्ष र दीपलक्ष्य सुनार (९) ले उपाध्यक्षको पद ग्रहण गरे ।

प्राचार्य प्रकाशराज वाग्लेले पद ग्रहण गर्ने विद्यार्थीहरुलाई सपथ खुवाइ टीका र खादा लगाएर सम्मान गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालय प्रशासक ध्रुव पोख्रेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width