सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०८१
sahara

पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबबाट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार पोखरामा हुने आठौं पोखरा स्पोर्टस् अवार्ड समारोहमा नगद ३५ हजारसहित अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।
प्रतिभा छनोट समितिको सिफारिसलाई मञ्चले अनुमोदन गरेको अध्यक्ष दीननाथ बरालले बताए ।

फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखरा २०५५ सालमा स्थापना भएको हो । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवामा सेवा गरौं’ मन्त्रका साथ स्थापित क्लबले हरेक वर्ष पोखरामा आहारारा पोखरा गोल्डकप फुटबल खेलाउँछ । यसको सञ्जाल देशविदेशमा पनि पुगेको छ । सहारा युके, सहारा हङकङ र सहारा अष्टे«लिया बिस्तार गरिसकेको क्लबले पोखरामा फुटबल एकेडेमी सञ्चालन गरेर बालकहरुलाई आवासीय सुविधासहित फुटबल सिकाउँदै आएको छ । २०६५ सालमा फिफाले सहारा एकेडेमीको डकुमेन्ट्री समेत बनाएको थियो । जुन डकुमेन्ट्री फिफा फुटबल अन्तर्गत विश्वको अग्र स्थानमा परेपछि बिबिसी, इएसपीएन, स्टार स्पोट्र्स, टेन स्पोट्र्सले समेत प्रसारण गरेका थिए । यसबाट समेत क्लबको चर्चा विश्वभर फैलिएको थियो ।

क्लबले २०५७ सालदेखि सहारा बाल प्राथमिक विद्यालयलाई प्रावि तहको एक शिक्षकको तलब दिँदै आएको छ । चेल्सीमा पिच अनर सेयर प्राप्त गर्ने सहारा पहिलो क्लब हो ।

२०७२ सालको विनासकारी भूकम्पमा क्लबले सहारा युके, सहारा हङकङ, अरुण फाउन्डेसन समन्वयमा गोरखाको घैरुङस्थित गणेश प्राविमा आठकोठे भवन, सिन्धुपाल्चोक हैबुङस्थित हैबुङ महादेवस्थान माविमा पाँचकोठे भवन र कास्कीको सिदिङस्थित सरस्वती आधारभूत विद्यालयमा पुनःनिर्माणका लागि सहयोग समेत गरेको थियो । यसका अलावा थुप्रै सामाजिक कार्य र खेल गतिविधिका कारण क्लबले आफ्नो प्रतिष्ठान बढाएको छ । क्लबले गत वर्ष स्थापनाको रजत महोत्सव मनायो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width