डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०८१
Khojima News (1)

पोखरा । दोस्रो विश्व युद्धकालीन परिवेश केन्द्रित डा. कालु शर्मा सुवेदीको अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ । पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रबार पोखरामा लोकार्पण गरियो ।

कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले पोखराका वरिष्ठ चिकित्सक निवृत्त जीवनमा साहित्यमा लाग्नु निकै प्रशंसनीय कार्य भएको बताए ।

उनले शर्माको आख्यानशैली र सिर्जनशीलताको प्रशंसा गर्दै सरुभक्तले व्यक्ति आफ्नो पेसा व्यवसायमा जुनसुकै निकाय र क्षेत्रमा रहे तापनि साहित्य सबैको साझा विषय रहेको धारणा राखे । उनले विद्यार्थी जीवन सकिएपछि साहित्यिक जीवन सकिएको नठान्न पनि आग्रह गरे ।

वरिष्ठ अधिवक्ता तिलक पराजुलीले दोस्रो युद्धकालीन परिवेशका विषयमा लेखिएका र सुनिएका धेरै सन्दर्भ रहे तापनि पोखरेली स्रष्टाबाट लेखिएको कृति थप सहयोगी सिद्ध हुने धारणा राखे ।

कृतिको समीक्षा गर्दै प्राडा यमबहादुर पौडेल क्षत्रीले नेपाली कहिले ज्ञानको, कहिले बासस्थानको, कहिले आफन्तको खोजीमा प्रवासमा पुग्दा नेपालीले देखे भोगेको यथार्थ विषयवस्तु खोजीमा उपन्यासको मुख्य विषय रहेको बताए ।

कृतिका स्रष्टा कालु शर्मा सुवेदीले आफू बाल्यकालदेखि साहित्यनुरागी रहेतापनि सेवा निवृत्त समयमा आएर बल्ल आफ्नो सिर्जनशीलतालाई बाहिर ल्याउने अवसर मिलेको बताए । उनले केही कृति निकट भविष्यमै आउनेसमेत जानकारी गराए ।

कार्यक्रममा साहित्यकार शोभाकान्त गौडेलले स्रष्टा सुवेदीको व्यक्तित्व र कृतित्वका विविध आयामबारे प्रकाश पारेका थिए ।

नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, पृथ्वीनारायण क्याम्पसका विभागीय प्रमुख डा. यमनाथ तिमिसिना, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पदमराज ढकाल, नेपाली लेखक संघ कास्कीका अध्यक्ष रीता अधिकारी, साहित्यकार असफल गौतमलगायतले कृति र स्रष्टाबारे धारणा राखेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर सदस्य दुर्गाबहादुर शाह बाबाले स्रष्टा शर्मालाई अनेसासको पिन, परिचयपत्र र सम्मानपत्रसहित साहित्य यात्राको निरन्तरताको कामना गरे ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । हेमजा साहित्य प्रतिष्ठानले मंगलबार रजत वर्ष–२०८० विषयक अन्तरक्रिया तथा २५० औं शुभप्रभात काव्यमाला गरेको छ । कार्यक्रममा संस्कृतिकर्मी…
  • मदन पुरस्कारका लागि ५ पुस्तक छनोट

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८० मा छनोट भएका पुस्तकहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । ४ लाख पुरस्कार…
  • कुलपति हुँदाको बैठक भत्ता भानु वाङमय अक्षयकोषलाई दिए पदमराजले

    आदर्श समाज सम्वाददाता असार ३१, २०८१
    पोखरा । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले आफ्नो कार्यकालको बैठक भत्ता भानु वाङ्मय प्रतिष्ठान अक्षयकोषका लागि प्रदान गरेका छन्…
  • साझा भाषा नेपाली बनाउन भानुभक्तको योगदान

    आदर्श समाज सम्वाददाता असार २९, २०८१
    पोखरा । आदिकवि भानुभक्त आचार्यले साझा भाषा नेपाली बनाउन अतुलनीय योगदान पु¥याएको यहाँ आयोजित एक कार्यक्रमका वक्ताले उल्लेख गरेका छन्…
  • नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

    आदर्श समाज सम्वाददाता असार २२, २०८१
    विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण…

hero news full width