नानुमैया दाहालको मुक्तक संग्रह लोकार्पण

आदर्श समाज सम्वाददाता
असार २२, २०८१
biratnagar

विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाको आयोजनामा मुक्तककार नानुमैया दाहालको पहिलो मुक्तकसङ्ग्रह “खुला आकाशमुनि”  असार २२ गते विराटनगरमा लोकार्पण भएको छ ।

नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाका अध्यक्ष बाबुराम पोखरेल, नेपाल प्रज्ञा प्रतिष्ठान सदस्य सचिव प्राज्ञ डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, वरिष्ठ मुक्तककार, गीतकार तथा कलाकार रमेश पौडेल, अग्रज साहित्यकार बलराम पोखरेल, विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल लगायतले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए।

विमोचित कृति माथि समालोचक हरि कट्टेलले समीक्षा गरे ।  मुक्तकसङ्ग्रहमा लेखकले हरेक विषयवस्तु गहन ढङ्गले उठाएको बताए।

सङ्ग्रह भित्रबाट साहित्यकार तिला लेकाली, विनोद विवश, रोहिणि रसिक, मन्जुश्री गिरि, मन्जु घिमिरे दाहाल, स्विकृति रेग्मी, लक्ष्मी रायमाझी, प्रिन्स प्रमोद ढकाल, मदन भण्डारी लगायतले मुक्तकहरफहरु वाचन गरेका थिए।

कार्यक्रममा प्राज्ञ डा. धनप्रसाद सुवेदीले विमोचित सङ्ग्रहले नेपाली मुक्तक विधामा नारी स्रष्टाको वाक्लो उपस्थिति रहेको पुष्टि गर्नुका साथै मुक्तकको श्रीवृद्धिमा इटा थपिएको बताए।

प्राज्ञ विवश पोखरेलले नानुको खुला आकाशमुनि पहिलो सङ्ग्रह भए पनि लेखन कलाको हिसाबले लेखक आफैमा शक्तिशाली रहेको बताए।

त्यस्तै प्राज्ञ गंगा सुवेदीले कृतिकारलाई बधाई ज्ञापन गर्दै लेखनमा निरन्तरता दिनु पर्ने बताए ।

मुक्तककार रमेश पौडेलले कृतिको प्रसंसा गर्दै अबको धेरै वर्ष पछि पनि नेपाली मुक्तकमा उक्त कृति पाठकले खोजी खोजी पढ्ने र आफू मुक्तक विश्वब्यापी बनेकोमा हर्षित भएको बताए।

प्रतिष्ठानले मुक्तक लेख्न चाहनेलाई प्रशिक्षण, अन्तरक्रिया कार्यक्रम संचालन गर्दै आएको अध्यक्ष बाबुराम पोखरेलले बताए।

१५२ वटा मुक्तक समावेश गरिएको खुला आकाशमुनिसम्म आइपुग्दा स्थापनाको छोटो समयमा ११ वटा मुक्तकसङ्ग्रह प्रकाशित गरिसकेको संस्थाका सचिव मदन भण्डारीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग