पोखरा । प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सव मनाउने उद्देश्यले मुस्ताङमा पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव हुँदैछ ।
२ देखि ८ कात्तिकसम्म हिमालपारिको जिल्ला मुस्ताङको परम्परागत संगीत, नृत्य र सांस्कृतिक परम्परा चित्रकारमाझ बाँड्ने र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक समितिका ट्रिपल पी गुरुङले जनाए ।
मुस्ताङका मार्फा, थिनी, कागबेनी र जोमसोमलगायत स्थानमा यी कार्यक्रम गरिनेछ । महोत्सवमा आउटडोर चित्रकला कार्यशालासँगै फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङलगायत विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम गरिने छ।
महोत्सवको अर्को आकर्षणरुपमा ‘ट्राभलिङ किम्फ’ छ । ४–८ कात्तिकसम्म हरेक साँझ २ घण्टा हिमाली क्षेत्रका प्रसिद्ध फिल्म देखाइने यो कार्यक्रमलाई काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) ले संयोजन गर्नेछ ।
महोत्सवमा थाइल्यान्डबाट डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डबाट इवा क्रुएजकोस्का, रोमानियाबाट स्टेफन बालोग, भुटानबाट जामपेल छेदा, इन्डोनेसियाबाट एमी गो र ताइवानबाट छेङ हान–वेन लगायत अन्तर्राष्ट्रिय चित्रकारले सहभागिता जनाउनेछन् ।
नेपालका चित्रकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरुङ, वाङ लामा, ध्वज गुरुङ, मनोज तामाङ, नविन नाल्बो र आकाश गुरुङले पनि आफ्नो प्रतिभा बाँड्नेछन् ।
फेस्टिभल आयोजनाले मुस्ताङको पर्यटन प्रवर्धनमा पनि भूमिका खेल्ने किम्फ अध्यक्ष रम्यता लिम्बुले बताइन् ।
नेपाल पर्यटन बोर्ड प्रबर्धन साझेदार रहेको महोत्सवको प्रायोजन ओम्स होम, रेडहाउस र ठमेल भिल्ला होटलले गरेका छन् । सहयोगी युरोपियन युनियन, स्वीस सरकार विकास सहयोग एसडीसी, दलाइ ला, यति एयरलाइन्स, शेर्पा ब्रुअरी, हार्मोनिक लिबरेसन, होटल मस्र्याङ्दी छन् ।
Related News
सम्बन्धित समाचार
दीपक मनाङे जेल चलान
रवि लामिछानेलाई रुपन्देही लगियो
सभापति भेट्न हिरासतमा रास्वपा नेताहरु : रविको निर्देशनपछि केन्द्रीय बैठक बस्दै
पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु, १ घाइते
करार कर्मचारी विवादले महानगरमा तनाव : एमाले निरन्तर आन्दोलित, मेयरको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
रवि लामिछानेलाई १३ दिन म्याद थप
मानव तस्करी अभियोगमा कोशीका पूर्व मन्त्री अधिकारी पक्राउ
कार्तिक २५, २०८१कालीगण्डकी करिडोरः म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै
कार्तिक २५, २०८१क्रस कन्ट्री दौड: समूहमा नेपाली, व्यक्तिगतमा चिनियाँ च्याम्पियन
कार्तिक २४, २०८१फेवाताल किनारमा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड (फोटो फिचर)
कार्तिक २४, २०८१सहकारी पीडितको आरोप–रास्वपाले बद्नाम गर्यो
कार्तिक २४, २०८१