हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०८१
Chudamani (4)

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गरी प्राध्यापक चूडामणि खनालको स्मृति सभा गरेको छ ।

प्रतिष्ठानले खनालको जन्मजयन्ती सन्दर्भमा स्मृति सभासहित माध्यमिक तहका विद्यार्थी केन्द्रित नेतृत्व विकास कार्यशाला आयोजना गरेको हो । कार्यशालामा ३३ जना विद्यार्थीको सहभागिता थियो ।

कार्यक्रममा अम्बिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक उपेन्द्र अधिकारीले एउटा गुरुको स्मरणमा विद्यार्थी भाइबहिनीलाई चेतना छर्दै नेतृत्व विकास कार्यशाला आयोजना गरेकोमा प्रतिष्ठानलाई आभार व्यक्त गरे ।

खनालको व्यक्तित्व चर्चा गर्दै गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन गरेर सेवा निवृत्त खनाल २०२४ सालदेखि साहित्य लेखनमा लागेको पौडेलले जानकारी गराए ।

‘वसन्तविरोध’ शीर्षकको रचनाबाट नेपाली साहित्यमा प्रवेश गरेका खनालका ‘अन्तर्राष्ट्रिय पुड्के सम्मेलन’ ‘प्रमुख अतिथि’, ‘पोखराज’ ‘खिनौरी सहर पसेपछि’ लगायतका झण्डै आधादर्जन साहित्यिक कृति र २ सय फुटकर निबन्ध प्रकाशित भएको जानकारी गराउँदै पौडेलले खनाललाई बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका संस्थापक महासचिव असफल गौतमले नेपाली वाङ्मयको श्रीवृद्धिमा लाग्छौं भन्नेहरू नै कुण्ठापूर्ण जीवन बाँच्न रुचाउँदा अग्रजको योेगदान ओझेलमा परेकोमा चिन्ता व्यक्त गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका परशुराम अधिकारीले अग्रजले देखाएको बाटो पछ्याउँदै प्रतिष्ठान अगाडि बढ्ने क्रममा रजत वर्षलाई साँच्चै पृथक बनाउन कार्यसमिति क्रियाशील रहेको बताए ।

कार्यक्रममा सिर्जना साहित्य सदनका संरक्षक भानुभक्त अबिरल, संस्कृत युवा मञ्च नेपालका सचिव दिवाकर पौडेल, लघुकथा प्रतिष्ठानका सदस्य विष्णु बास्तोला, लोकदोहोरी गायक सुरेशरमण अधिकारीलगायतले बोलेका थिए ।

प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलले नेपाली हास्यव्यङ्ग्य साहित्यमा चूडामणि खनालको योगदानको उचित कदर हुन आवश्यक रहेको धारणा राखे । उनले, प्रतिष्ठान अग्रज स्रष्टाको स्मरण गर्दै नवपुस्तासँग हातेमालो गरेर अगाडि बढ्ने क्रममा विभिन्न संघसंस्था र विद्यालयले सहकार्य गरी अगाडि बढ्न हौसला दिएकामा आभारसमेत व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width